काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूहका नेता तथा अर्थ मन्त्री विष्णु पौडेलमाथि ढुंगा प्रहार भएको छ। रुपन्देही पुगेका पौडेल माथि शुक्रबार ढुंगा प्रहार भएको हो।
रुपन्देहीको मोतिपुरमा बन्ने भनिएको औद्योगिक करिडोरको शिलान्यासमा पुगेका पौडेललाई लक्षित गरी ढुंगा प्रहार भएको बताइएको छ। पौडेल माथि आक्रमण भएपश्चात उक्त क्षेत्र तनावग्रत बनेको छ।
तनावकै बीच भयो शिलान्यास
तनावग्रस्त बनेको शिलान्यास कार्यक्रममा अर्थ मन्त्रीका आलावा उद्योग मन्त्री लेखराज भट्ट समेत सहभागी भएका छन्। स्थानीयको बिरोधका बीच अर्थमन्त्री विष्णु पौडेल र उद्योग मन्त्री लेखराज भट्टले शिलान्यास गरे।
आफ्ना घर जमिन भएको क्षेत्रमा औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै स्थानीयले विरोध गरेका हुन्। आफूहरु बसिरहेको क्षेत्रमा औद्योगिक क्षेत्र बन्दा आफूहरु विस्थापित हुने स्थानीयहरुको भनाई छ।

