जीवनमा यी ४ चीज हुन्छन् साथी भन्दा पनि खास, अन्तिम समयसम्म छाड्दैनन् साथ !

आचार्य चाणक्य कूटनीति र राजनीतिमा निपुण थिए। आचार्य चाणक्यले धेरै शास्त्रहरू लेखे, जसमध्ये उनले नीति शास्त्रमा मानव जीवनसँग सम्बन्धित सबै पक्षहरू उल्लेख गरेका छन्। नैतिकताको शिक्षा कठोर र तीतो लाग्न सक्छ, तर यसले मानिसहरूलाई जीवनको सत्यको बारे सचेत गराउँछ। आचार्य चाणक्यले नीति शास्त्रमा मानिसको निजी जीवनदेखि लिएर काम, व्यवसाय र धन सम्बन्धि धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्। आचार्य चाणक्यले नीति शास्त्रमा चारवटा यस्ता कुरा बताएका छन् जसले व्यक्तिको साथ् अन्तिम समयसम्म दिन्छ।

विद्या मित्रं प्रवासेषु भार्या मित्र गृहेषु च।
व्याधितस्यौषधं मित्र धर्मो मित्रं मृतस्य।।

ज्ञान 

आचार्य चाणक्यले यस श्लोकको माध्यमबाट पहिलो कुरा “ज्ञान” को वर्णन गर्छन्। चाणक्य भन्छन् कि जो मानिस परदेशमा आफ्ना आफन्तभन्दा टाढा छन् उनीहरुका लागि ज्ञान सबैभन्दा ठूलो र साँचो मित्र हो। ज्ञान यस्तो एक चीज हो जो कुनै पनि व्यक्तिको अन्तिम समयसम्म रहन्छ। ज्ञानको बलमा कुनै पानि व्यक्तिले हरेक प्रकारका परिस्थितिहरूमाथि विजय हासिल गर्न सक्षम हुन्छ।

असल पत्नी 

चाणक्यका अनुसार जसको श्रीमती उसको राम्रो मित्र हुन्छ र व्यवहार कुशल छ, जो सद्गुण र हरेक चरणमा पतिको सहयोगी हुन्छ, त्यस्तै व्यक्तिले समाजमा सम्मान पाउँछ। चाणक्य भन्छिन् कि प्रतिकूल परिस्थितिमा पनि पत्नीले पतिलाई धैर्यता र साहस दिन्छन्।

औषधि 

चाणक्य भन्छन् कि औषधि त्यो व्यक्तिको लागि साँचो साथी हो जसको स्वास्थ्य खराब छ। औषधिले स्वास्थ्यको सुधार गरेर व्यक्तिको जीवन रक्षा गर्छ। रोगको समयमा औषधि लिनमा कसैले पनि लापरवाही गर्नु हुँदैन।

धर्म

आचार्य चाणक्यका अनुसार धर्म मानवको सब भन्दा असल र साँचो मित्र हो। धर्मले व्यक्तिलाई सही मार्ग देखाउँछ, जसको कारण व्यक्तिले आफ्नो जीवन सफल र अर्थपूर्ण बनाउन सक्छ। धर्मको मार्गमा हिंड्ने व्यक्तिले सबै ठाउँमा आदर पाउँछ।

प्रकाशित : शुक्रबार, फागुन २१, २०७७१९:१०

शिवरात्रिको दिन बन्दै छ यस्ता दुई महायोग, शिव आराधनाले पूरा हुनेछ हरेक मनोकामना !