महाशिवरात्रीको दिन ग्रहचक्रमा उथलपुथल, १२ वटै राशिमा प्रभाव !

काठमाडौँ : जोगी, वियोगी, भोगी, नशाका रोगी र योगी सबैमा शिवरात्रि ‘फेमस’ छ । उत्तिकै ‘फेभरेट’ शिवजी पनि छन् । कोही जानेर, कोही मानेर, कोही कर्तव्य ठानेर शिवको आराधना गर्छन् । फाल्गुण कृष्ण चतुर्दशीको रात शिवरात्रि हो । यसबारे जान्नु र यस दिनका आराध्य शिवलाई जान्नु पनि आवश्यक छ । कृष्ण जन्माष्टमी मोहरात्रिका नाउँमा प्रसिद्ध छ, नवदुर्गाको अष्टमीको रात कालरात्रिका रूपमा प्रसिद्ध छ भने फागुनको यो रात महारात्रिका रूपमा शास्त्रमा प्रसिद्ध छ । यी तीनवटै रात साधकका निम्ति विशेष मानिन्छन् । तीमध्ये शिवरात्रि विशेष छ ।

कवीरले आफ्नो भजनमा लेखेका छन्, एउटा राम दशरथका घरमा थिए, अर्का राम घटघटमा । त्यसैगरी एउटा शिव सर्वव्यापक छन्, अर्को शिव कैलाशमा बस्छन्, अर्को शिव घटघटमा बस्छन् । तर तीनवटैमा फरक छैन, थुप्रै भाँडामा देखिएको एउटै चन्द्रमा जस्तै । शिव शब्दको अर्थ कल्याण हो । त्यही कल्याण स्वरूप सत्य स्वरूप शिव पहिलो शिव हुन् । उनकै अर्को नाउँ परमात्मा हो । ज्ञानीका भाषामा ब्रह्म, भक्तको भाषामा भगवान्, योगीका भाषामा परमात्मा र संसार सिर्जना, पालन र विनाश गर्ने सामथ्र्य भएकाले दार्शनिकको भाषामा ईश्वर । सबै त्यही पहिलो शिवको नाउँ हो । दोस्रो शिव नेपालपुत्री पार्वतीका पति, नेपाल आमाका ज्वाईं, नेपालीका भिनाजु हुन् । जसलाई विशेषतः सृष्टिको संहार जिम्मेवारी दिइएको थियो, तिनै शिव रुद्र हुन् । अर्काे शिव सबै–सबैका भित्र भएको जिनिसको नाउँ हो, जो शरीर मर्दा पनि मर्दैन, जुनी फेरिँदा पनि फेरिँदैन । शिवरात्रि त्यो महान् रात्रि हो, जहाँ तेस्रो शिव दोस्रो शिवको सहायताले पहिलो शिव बन्छ ।

आउँदो हप्ताको बिहिबार फागुन २७ गते महाशिवरात्रि पर्व रहेको छ। यस दिन शिवलि,-ङ्गको दर्शन र पूजा गरिन्छ। प्राचीन समयमा यहीँ तिथिमा देवी पार्वती र शिवजीको विवाह भएको थियो मान्यता छ। एक अर्को मान्यता अनुसार यस दिन भगवान विष्णु र ब्रह्माजीको अगाडी शिवजी लि-,ङ्गको रुपमा प्रकट हुनुभएको थियो।

ज्योतिषाचार्यका अनुसार यस पटक शिवरात्रिमा बुध ग्रहले आफ्नो राशि परिवर्तन गर्दै छ। बुध फागुन २७ गते मकरबाट कुम्भ राशिमा प्रवेश गर्नेछ। शिवरात्रिमा सबै राशिका मानिसले शिवजीको पूजा गर्नुहोला। शिवलि-,ङ्गमा तामाको लोटाले जल चढाउन होला र ‘ऊँ सांब सदाशिवाय नम:’ मन्त्र जप गर्नुहोला। शिवलिङ्गमा बेलपत्र र धतुरो पनि अवश्यै चढाउनुहोला। धूप-दीप बालेर मन्त्र जप गर्नुहोला।

मेष राशि – यस राशिका मानिसका लागि बुध लाभदायक हुन्छ। शिक्षा र बुद्धिको काममा सफलता मिल्नेछ। परिवारमा सुख-शान्ति बढ्नेछ।

वृष राशि – तपाईको लागि बुध शुभ रहनेछ। ठुला कामहरुमा भाग्यले साथ दिनेछ। लामो समयदेखि अड्किएका काम पूरा हुनेछन्।

मिथुन राशि – यस राशिका मानिसले बुधको कारणले सफलता र सम्मान पाउनेछन्। दैनिक गरिने कार्यहरु बढ्नेछन्, तर भविष्यमा ती कामहरुबाट लाभ मिल्नेछ।

कर्कट राशि – तपाईको लागि चिन्ताजनक समय रहनेछ। भय बढ्नेछ। स्वास्थ्यमा विशेष ध्यान दिनुहोला। मौसमी बिमारी हुन् सक्छ। लापरवाही नगर्नुहोला।

सिंह राशि – यस राशिका मानिसहरुका वैवाहिक जीवन राम्रो रहनेछ। अविवाहित मानिसका प्रेमले विवाहको रुप लिन सक्छ। विवाह योग्य मानिसका विवाहसँग सम्बन्धित समस्या हट्नेछ।

कन्या राशि – यस राशिका लागि बुधले लाभको स्थिति बनाउनेछ। पुराना रोगहरु निको हुनेछ। आसपासका शत्रुबाट सतर्क रहनुहोला। सोचविचार गरी काम फत्ते गर्नुहोला।

तुला राशि – यस राशिका मानिसका लागि बुधले सुख-शान्ति बढाउने काम गर्छ। नोकरी र व्यवसायमा बुद्धको कारण मुनाफा कमाउने अवसर मिल्नेछ। मित्रहरुबाट सहयोग मिल्नेछ।

वृश्चिक राशि – यस राशिका मानिसहरुले माताको आशिर्वाद लिई कामको सुरुवात गर्नुहोला। सफलता मिल्ने सम्भावना बढ्नेछ। काम बढ्नेछ, तपाईको लागि फाइदाजनक नै रहनेछ।

धनु राशि – मित्र र भाई-बहिनीबाट सहयोग मिल्नेछ। यस सहयोगबाट ठुलो काम पूरा हुन् सक्छ। काम समयमा नै पूरा गर्न सक्नुहुनेछ।

मकर राशि – यस राशिका मानिसका लागि बुधको राशि परिवर्तनले सफलता हासिल गर्न सहयोग पुर्याउनेछ। धन-सम्पत्ति वृद्दि हुने योग बनेको छ। परिवारमा सुख-शान्ति कायम रहनेछ।

कुम्भ राशि – यी राशिका मानिसहरुलाई भाग्यले भरपूर साथ दिनेछ। रोकिएका कामहरु पूरा हुनेछन्। आयमा वृद्दि पनि हुन् सक्छ। जीवन साथीको पूर्ण सहयोग मिल्नेछ। बाधा-अड्चनहरु हट्नेछन्।

मीन राशि – खर्च बढ्नेछ। सोच-विचार गरी खर्च गर्नुहोला। सम्हालिएर काम नगर्दा हानि हुन् सक्छ। धैर्यता नगुमाउनुहोला।

प्रकाशित : शनिबार, फागुन २२, २०७७१८:०९

महाशिवरात्रि विशेष: भगवान शिवलाई यी ५ तरिकाबाट गर्नुहोस प्रसन्न !