सर्वोच्चको फैसला पछि माओवादीको हैसियत तेस्रो पार्टी, कुन पार्टीसँग कति सिट ? यस्तो छ अवस्था !

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आधिकारिकताको विषयमा सर्वोच्च अदालतले आफ्नो फैसला सुनाएसँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्यूँतिएका छन्।

सर्वोच्चले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय बदर गरेसँगै एमाले र माओवादी ब्यूँतिएका हुन्।

यससँगै अब संसदमा कपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकृत भन्दा पनि छुट्टा-छुट्टै हैसियतमा हुनेछन्। गत निर्वाचनमा चुनावी तलामेल गरेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले १७४ सिट जितेका थिए ।

फेरिएको परिस्थित पश्चात संसदमा अब ४ दलको अस्तित्व रहनेछ। संसदमा अस्तित्व हुनको लागि कुनै पनि दलको संसदीय दल गठन भएको हुनुपर्छ भने संसदीय दल गठन गर्नका लागि कम्तिमा २ जना सांसद हुनुपर्ने हुन्छ। यसकारण अब संसदमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी गरी ४ पार्टीको अस्तित्व रहेको छ।

कुन दलको कति सिट ?

अब संसदमा सबै भन्दा बढी सिट नेकपा एमाले सँग छ। उससँग प्रत्यक्षतर्फ ८० र समानुपातिकतर्फ ४१ गरी १२१ सिट छ। अब दोस्रो दलको रुपमा अब नेपाली कांग्रेस रहनेछ। उससँग प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० गरी ६३ सांसद छन्। तर उसका दुई सांसद विजयकुमार गच्छदार भ्रष्टाचार र मोहम्मद अफताफ आलम निलम्वित छन्। त्यस्तै माओवादी सँग प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १७ गरी जम्मा ५३ सिट छ।

चौंथो पार्टीको रुपमा रहेको जनता समाजवादी पार्टीसँग ३४ सांसद छन्। त्यस्तै राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका १-१ सांसद छन भने १ जना स्वतन्त्र सांसद छन्।

प्रकाशित : आइतबार, फागुन २३, २०७७१७:०४

‘विप्लव’ लाई भेट्न घरमै पुगिन नायिका रेखा थापा!