फेरी बढ्न थाल्यो सुनको मूल्य, हिजो उकालो लागेको सुनको मूल्यमा आज पनि वृद्धि !

काठमाडौँ – साताको पहिलो दिन आइतबार उकालो लागेको सुनको मूल्य आज सोमबार पनि बढेको छ। अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य यो साता सुरु भएसँगै हिजो ५०० रुपैयाँले बढेको थियो। आइतबारको तुलनामा आज भने सुनको मूल्य प्रतितोला १०० रुपैयाँको समान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा रु १०० ले वृद्धि भएर तोलाको रु ८६ हजार २०० निर्धारण भएको छ।

यस्तै तेजाबी सुन पनि तोलामा रु १०० ले नै उकालो लागेको छ । तेजाबी सुन आजका लागि रु ८५ हजार ७५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

गत हप्ता छापावाला सुन बढीमा ८८ हजार ७ सय रुपैंयाँ र तेजावी सुन ८८ हजार २ सय ५० रुपैंयाँमा कारोबार भएको थियो। त्यस्तै गत हप्ताको शुक्रबार सुन त्यस हप्ताको मात्र नभई यस वर्षकै सस्तो थियो। त्यस दिन छापावाला सुन तोलामा रु ८५ हजार ६०० मा कारोवार भएको थियो भने तेजाबी सुनको मूल्य तोलामा रु ८५ हजार १५० थियो।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आइतबार १ हजार २ सय ५० मा कारोबार भएको चाँदी आज भने तोलामा रु. १५ ले वृद्धि भइ १ हजार २ सय ६५ मा कारोबार भइरहेको छ।

प्रकाशित : सोमबार, फागुन २४, २०७७११:०६

घट्यो सुनको मूल्य, वर्षभरिकै सस्तो !