घट्यो सुनको मूल्य, वर्षभरिकै सस्तो !

काठमाडौं –  हप्ताको पहिलो दुई दिन महँगो भएको सुन आज मंगलबार भने घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६ सय रुपैंयाँले घटेको छ। मंगलबारको गिरावटसँगै छापावाला सुनको मूल्य ८५ हजार ६ सय रुपैंयाँ र तेजाबी सुनको मूल्य ८५ हजार १ सय ५० कायम भएको छ। यस अगाडी सुनको मूल्य हप्ताको पहिलो दिन आइतबार ५ सय रुपैंयाँले घटेको थियो भने सोमबार १ सय रुपैंयाँले बढेको थियो।

मंगलबार कायम भएको सुनको मूल्य गत शुक्रबारको जति नै रहेको छ जुन यस वर्षकै सस्तो रहेछ छ। कोरोना भाइरस संक्रमण महामारी पछि सरकारले लगाएको लकडाउन पश्चात सुनको कारोबार जेठ २५ गतेबाट मात्रै खुला भएको थियो। सुनको कारोबार खुला भएको पहिलो दिननै सुनको मूल्य ८७ हजार ४ सय तोकिएको थियो।

त्यसयता लगातार बढ्दै सुनको मूल्यले साउन महिनामा इतिहासकै सबैभन्दा महँगो १ लाख ३ हजार ५ सय रुपैंयाँ सम्ममा पुगेको थियो। तर पहिल्ला केहि दिनहरुमा अन्तराष्ट्रिय बजारमै सुनको मूल्य घटेपछि नेपाली बजारमा पनि सुनको मूल्य घटेको छ।

मंगलबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य आज तोलामा रु १० ले घटेको छ। जससँगै नेपाली बजारमा आज चाँदी १ हजार २ सय ५५ मा कारोबार भइरहेको छ।

प्रकाशित : मङ्गलबार, फागुन २५, २०७७११:३७

आज महिनाको अन्तिम बिहिबार, बढ्यो सुनको मूल्य !