आज महिनाको अन्तिम बिहिबार, बढ्यो सुनको मूल्य !

काठमाडौँ – बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार घटेर बुधबार बढेको सुनको मूल्य बिहिबार पनि बढेको हो।

फागुन महिनाको अन्तिम बिहिबार आज सुनको मूल्य तोलामा ६ सय रुपैंयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस अगाडी सुनको मूल्य बुधबार पनि तोलामा ६ सय रुपैंयाँले नै बढेको थियो।

नेपाली बजारमा आज छापावाला सुन ८६ हजार ८ सय रुपैंयाँ र तेजाबी सुन ८६ हजार ३ सय ५० रुपैंयाँमा कारोबार भइरहेको छ। यस अगाडी छापावाला सुन आइतबार ८६ हजार १ सय, सोमबार ८६ हजार २ सय, मंगलबार ८५ हजार ६ सय र बुधबार ८६ हजार २ सय रुपैंयाँमा कारोबार भएको थियो।

त्यस्तै तेजाबी सुन भने आइतबार ८५ हजार ६ सय ५०, सोमबार ८५ हजार ७ सय ५०, मंगलबार ८५ हजार १ सय ५० र बुधबार ८५ हजार ७ सय ५० रुपैंयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य

आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा रु १५ले बढेर सुनको मूल्य १२ सय ८५ कायम भएको छ। यस अगाडी चाँदी आइतबार १२ सय ५०, सोमबार १२ सय ६५, मंगलबार १२ सय ५५ र बुधबार १२ सय ८५ रुपैंयाँमा कारोबार भएको थियो।

प्रकाशित : बिहिबार, फागुन २७, २०७७११:१४

सुनको मूल्यका लगातार घटबढ, आज घट्यो !