बलिउड अभिनेत्री करिना कपुर दोस्रो पटक आमा बनेकी छिन् । त्यसैले फ्यानहरु उनको बच्चा हेर्न आतुर छन् । करिनाले आज ‘अन्तराष्ट्रिय महिला दिवस’ को दिन आफ्ना फ्यानहरुलाई सरप्राइज दिएकी छिन्। उनले सामाजिक संजाल इन्स्टाग्राममा आफ्नी छोरीको पहिलो तस्विर शेयर गरेकी छिन् ।

करिनाले इन्स्टाग्राममा आफ्नी छोरीसँगको ब्ल्याक एंड ह्वाइट तस्विर पोस्ट गरेकी छिन्। जसमा उनले अनि छोरीलाई निकै मायाले आफ्नो काँधमा राखेकी छिन्। उनले तस्विर शेयर गर्दै यस्तो क्याप्शन पनि लेखेकी छिन्, ‘महिलाले गर्न नसक्ने केहि छैन, मेरो मायाहरुलाई महिला दिवसको शुभकामना।’
करिना कपुर र सैफ अलि खानले लामो समयको डेटपछि २०१२ मा विवाह गरेका थिए । त्यस्तै २० डिसेम्बर २०१६ मा करिना कपुरले आफ्नो पहिलो सन्तान तैमुर अलि खानलाई जन्माएकी थिइन् ।

