प्रधानमन्त्रीबाट ओलीलाई जसरी पनि विस्थापित गर्ने निश्कर्षमा पुगेर सकियो नेपाल पक्षको छलफल

काठमाडौं । नेकपाको माधव कुमार नेपाल समूहका नेताहरु बीच छलफल सम्पन्न भएको छ। आइतबारको सर्वोच्च अदालतको फैसलापछि राजनीतिक अवस्था र अब कसरी अगाडि बढ्ने भन्नेबारे नेपाल समूहका नेताहरुको आज काठमाडौंको नयाँ बानेश्वरको एक होटलमा आपसी छलफलमा जुटेका हुन्।

आज बसेको बैठकमा नेपाल पक्षका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट विस्थापित् गर्नेगरि अगाडी बढ्ने र त्यहि अनुसार कदम चाल्नेबारे निश्कर्ष निकालेको जानकारी छ।

सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएको थियो। जससँगै पूर्वएमाले र पूर्वमाओवादी केन्द्र मिलेर बनेको नेकपा पनि खारेज भएको छ। अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएको छ। जस पश्चात अब कसरी अगाडी बढ्ने भन्ने बारेमा आजको छलफल केन्द्रित थियो। नयाँ बानेश्वरमा भएको छलफलपछि उनीहरू स्थायी कमिटि बैठकका लागि पेरिसडाँडा प्रस्थान गरेका छन्।

यसअघि, प्रचण्डनिकट नेता जनार्दन शर्माले आफूहरुले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिने जनाईसकेका छन् भने ओलीले पनि आफूलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिए विश्वासको मत लिने बताएका छन्।

प्रकाशित : सोमबार, फागुन २४, २०७७१५:४५

प्रचण्ड–नेपाल पक्षको स्थायी समिति बैठक सुरु