काठमाडौँ, फागुन २५ । नायिका पुजा शर्मा र आकाश श्रेष्ठ अहिले दुबईमा छन्। उनिहरु चलचित्र छायांकनको लागि दुबई पुगेका हुन्। आइतबार दुबई गएकी पुजाले त्यहाँ पुगेर अर्की नायिका वर्षा सिवाकोटीलाई पनि भेटेकी छिन्। उनीहरु दुबईका विभिन्न ठाउँहरु जस्तै दुबई मल, बुर्ज खलिफा घुमेका छन् ।
त्यस्तै पूजाले सामाजिक संजालमा शेयर गरेको एक पोस्टलाई भने धेरैले खिल्ली उडाएका छन्। वास्तवमा नायिका वर्षा राउतले इन्स्टाग्राम स्टोरीमा नायिका पुजा शर्माको कुकुर (रन) को तस्विर शेयर गरेकी थिइन्, जसमा उनले पुजालाई मेन्सन गरि ‘तिम्रो रन त मेरो भयो’ भनेर लेखेकी थिइन्। सोहि स्टोरीलाई नायिका पुजाले आफ्नो इन्स्टा स्टोरीमा रि-शेयर गर्दै लेखेकी थिइन्, ‘ल यार हई, मेरो छोरालाई केयर गर, आएर कति हुन्छ हिसाब गरम्ला’ भन्दै हासेको इमोजी राखेकी थिइन् ।
नायिका पुजालाई कुकुर पाल्ने निकै शौख छ। उनको रन र रोमियो गरि दुई कुकुर छन्। पुजा र वर्षाको यो पोस्ट सामान्य भएपनि धेरैले यसलाई ट्रोल बनाएका छन्। केहि मानिसले कमेन्ट गर्दै ‘कुकुरलाई छोरा भन्ने अनि, आफ्नो बच्चालाई चाही कुकुर भनेर बोलाउने’ भनेका छन् ।