पछिल्लो २४ घण्टामा ५९ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु हुनेको संख्या ३ हजार १२ पुग्यो

काठमाडौँ — मंगलबार देशभर ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ५९ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यससँगै, नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ८६९  पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ६० जना कोरोना संक्रमण मुक्त भएका छन् । जससँगै हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ९ सय ८७ रहेको छ । हाल नेपालमा ८७० सक्रिय संक्रमित रहेका छन् ।

मंगलबार कोरोना संक्रमणको कारण थप १ जनाको मृ-त्यु भएको छ । योसँगै, अहिलेसम्म देशभर कोरोनाको कारण मृ-त्यु हुनेको सङ्ख्या ३ हजार ११ पुगेको छ ।

प्रकाशित : मङ्गलबार, फागुन २५, २०७७१७:३४

केपी कै सरकार पाँच वर्ष चल्छ: लालबाबु पण्डित