युइएफए च्याम्पियन्स लिग फुटबलमा आज राति दुई खेल हुँदैछ। नेपाली समय अनुसार राति १:४५ बाट सुरु हुने खेलमा इटालियन च्याम्पियन युभेन्टस र पोर्चुगिज क्लब पोर्टो तथा स्पेनिस क्लब सेभिल्ला र जर्मन क्लब बोरुसिया डर्टमुण्ड बीच भिडन्त हुँदैछ।

पहलो लेगमा २-१ को हार बेहोरेको युभेन्टस आज आफ्नो घरेलु मैदानमा खेल्दैछ। युभेन्टसका लागि १-० को जीत पनि अघिल्लो चारणमा प्रवेश गर्नको लागि पर्याप्त हुनेछ। युभेन्टसको लागि घरेलु मैदान बाहेक अर्को एक ठूलो फाइदा हुनेछ: क्रिस्टियानो रोनाल्डो। मिस्टर च्याम्पियन्स लिगको उपनाम पाएका रोनाल्डो जब आफ्नो टिम पहिलो चरणमा पछि पर्छ तर झन उत्कृष्ट प्रदर्शन गर्ने गर्छन्।

के योपालि पनि रोनाल्डो फेरी चम्केलान् त ? त्यो ट आज राति नै थाहा हुनेछ।
सेभिल्ला भर्सेस डर्टमुण्ड

आजकै अर्को खेलमा स्पेनिस क्लब सेभिल्ला र जर्मन क्लब बोरुसिया डर्टमुण्ड आमने सामने हुँदै छन्। पहिलो लेगमा ३-२ को रोमान्चक जीत निकालेको डर्टमुण्ड आज आफ्नै घरेलु मैदानको फाइदा उठाउँदै अर्को चरणको टिकट बुक गर्ने दाउमा हुनेछ भने सेभिल्ला पनि उत्कृष्ट प्रदर्शन गर्दै अर्को चरणमा पुग्ने मनस्थितिका साथ मैदानमा उत्रिने छ।

