काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली संसद भवनबाट बाहिरिएका छन्। प्रतिनिधिसभाको बैठक शुरु हुनु भन्दा अगाडी नै ओली संसद भवनबाट बाहिरिएका हुन्।
ओली बुधबार दिउँसो मात्रै संसद भवन पुगेका थिए। उनी त्यहाँ केहि समय मात्रै बसेर संसद भवनबाट बाहिरिसकेका छन्। आज संसदलाई प्रमुख दलका शीर्ष नेताले सम्वोधन गर्ने कार्यक्रम रहेको छ। तर, ओली बाहिरिसकेका कारण आज अन्य दलका नेताहरुले सम्बोधन गर्नेछन्।
प्रतिनिधिसभा विघटनको निर्णय बदर भएपछि पहिलो पटक बसेको प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले अवरोध गरेपछि स्थगित भएको थियो।