हामी यति छिटै च्याम्पियन्स लिगबाट बाहिरिन लायक लिएनौं तर यस्तै भयो: ग्रिज्मन

पीएसजी विरुद्धको खेलमा पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दा पनि पाएको मौकाको सदुपयोग गर्न नसक्दा आफ्नो टिमले हार बेहोरेको बार्सिलोना स्टार एन्टोइन ग्रिज्मन विश्वास गर्छन्। बुधबार राती भएको खेलमा १-१ को बराबरी भएपछि पहिलो लेगमा ४-१ को जीत हात पारेको पीएसजी समग्रमा ५-२ को नतिजा निकाल्दै अर्को चरणमा प्रवेश गर्यो।

ग्रिज्मनका अनुसार आफ्नो टोली त्यस्तो उत्कृष्ट प्रदर्शन गर्दा गर्दै पनि प्रतियोगिताबाट बाहिरिन लायक थिएन। बार्सिलोनाले केहि राम्रो गर्न सक्नेमा उनी विश्वास गर्छन् खासगरि पूरा खेलमा विपक्षीको पोस्टमा १० पटक गोलको अवसर बनाएको र ७२% बल आफ्नो पक्षमा राखेको खेल खेलेपछि।

“हामी यति चाँडै च्याम्पियन्स लिगबाट बाहिरिन योग्य थिएनौं, तर यो यस्तै हो,” ग्रिज्मनले मोभिस्टारलाई भने। “उनीहरूलाई कसरी डिफेन्ड गर्ने भनेर थाहा थिएन,” बार्सिलोनाका फरवार्डले आरएमसी स्पोर्टसँग भने। लियोको त्यो अविश्वसनीय गोल र त्यसपछि पेनल्टी। तर नाभासले निकै उत्कृष्ट प्रदर्शन गरे।”

यस्तै, बार्सिलोना च्याम्पियन्स लिगको क्वाटर फाइनलमा नपुगेको पछिल्लो १३ वर्षमा यो पहिलो पटक हो। पछिल्लो समय बार्सिलोना २००६-०७ मा अन्तिम १६ बाट बाहिरिएको थियो। तर त्यसपछि लगातार १३ वर्ष कम्तीमा अन्तिम ८ सम्म प्रवेश गरेको थियो।

प्रकाशित : शुक्रबार, फागुन २८, २०७७१२:३९

“रोनाल्डोले एक गोल गर्दा १ मिलियन युरो झ्वाम”