“हाम्रो हात चलेजस्तो मेस्सीको खुट्टा चल्छ”

एजेन्सी – इटालीका पूर्व फुटबल खेलाडी तथा प्रशिक्षक फाबियो कापेल्लोले युइएफए च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलमा मेस्सीको प्रदर्शन देखेर आफू चकित परेको बताएका छन्।

एक मिडियासँग कुराकानी गर्दै कापेल्लोले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग बार्सिलोनासँग पराजित भएपनि मेस्सीको प्रदर्शन देखेर आफू अचम्मित भएको बताए।

मेस्सीले एक पटक पुनः आफूलाई प्रमाणित गरेको उनको भनाई छ। मेस्सीले आफू अन्य खेलाडी भन्दा धेरै फरक रहेको कुरा पटक-पटक प्रमाणित गर्दै आएकोमा अहिले पनि त्यस्तै गरेको उनले बताए।

“पीएसजी विरुद्ध लियोले असाधारण खेले। त्यस खेलमा उनले आफूलाई एक पटक पुनः प्रमाणित गरे। जे होस्, उनी एक अद्वितीय फुटबलर हुन्।”,कापेल्लोले भने।

मेस्सीको खुलेर प्रशंसा गर्दै कापेल्लोले मेस्सीसँग जस्तो क्षमता अन्य खेलाडी नरहेको मात्रै बताएनन्, सामान्य व्यक्तिहरुले हात चलाएजस्तै मेस्सीले आफ्नो खुट्टा चलाउने पनि बताए।

“क्रिस्टियानो रोनाल्डो जस्ता अन्य खेलाडीहरूले ब्यालोन डी ओर जित्लान्। तर, मेस्सीको प्रतिभा, गति र गुणलाई कसैसँग पनि तुलना गर्न मिल्दैन।”,उनले भने,”अरु खेलाडीले गर्न नसक्ने काम मेस्सी गर्न सक्छन्। उनी आफ्ना खुट्टालाई अरुले हात चलाएजस्तै चलाउन सक्छन्।”

कापेल्लोले बार्सिलोना बारे पनि टिप्पणी गरेका छन्। कापेल्लेले पीएसजी विरुद्ध देखिएको बार्सिलोनाले आफूलाई धेरै उत्साहित बनाएको उनले बताए।

“पीएसजी विरुद्ध बार्सिलोनाले धेरै राम्रो खेल्यो।”,उनले भने,”त्यस खेलमा धेरै राम्रो बार्सिलोना देख्न पाइयो।”

प्रकाशित : शनिबार, फागुन २९, २०७७१२:२४

रोनाल्डो ३३ वर्षको उमेरमा लगातार ३ च्याम्पियन्स लिग उपाधि जित्दै थिए, मेस्सी खेल बोटल गर्दैछन्, फरक यहि हो !