रोनाल्डो ३३ वर्षको उमेरमा लगातार ३ च्याम्पियन्स लिग उपाधि जित्दै थिए, मेस्सी खेल बोटल गर्दैछन्, फरक यहि हो !

मोडर्न फुटबलका दुई सर्वोत्कृष्ट खेलाडी हुन् लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो। यी दुई बीच को उत्कृष्ट भन्ने विवाद विगत एक दशक भन्दा धेरै समयदेखि चल्दै आएको छ। यो विवादमा धेरै जसो फ्यान्स पनि सामेल हुन्छन्।

यो सिजनको च्याम्पियन्स लिग मेस्सी र रोनाल्डो दुबैको लागि सम्झन लायक रहेन। पोर्टो विरुद्ध पराजित हुँदा रोनाल्डोले दुई लेगमा एक गोल पनि गर्न सकेनन् भने पीएसजीसँग मेस्सीको बार्सिलोनाको समग्रमा खेल फितलो रह्यो।

यस्तोमा अहिले सामाजिक सञ्जालमा रोनाल्डो प्रसंशकले रोनाल्डोले मेस्सीको उमेरको हुँदा च्याम्पियन्स लिगमा के गरेका थिए भन्दै पोस्ट गर्न थालेका छन्।

आखिर के कुरामा तुलना भएको छ त ?

३३ वर्षको उमेरमा क्रिस्टियानो रोनाल्डोले पीएसजीसँग दुई लेगमा रोनाल्डोले ३ गोल गरेका थिए र युभेन्टससँग पनि दुई लेगमा ३ गोल गरेका थिए। उनले ३३ वर्षको उमेरमा आफ्नो करियरको ५ औं च्याम्पियन्स लिग उपाधि जितेका थिए। तर मेस्सी ३३ वर्षको उमेरमा मेस्सी ओपन प्लेबाट च्याम्पियन्स लिगमा मात्र १ गोल गर्न सफल भए। वास्तवमा, उनले गत ६ वर्षमा एक पनि च्याम्पियन्स लिग जित्न सकेका छैनन्।

https://twitter.com/GoatMbappe_/status/1369924154493919233?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1369924154493919233%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.sportbible.com%2Ffootball%2Fnews-legends-reactions-fans-compare-ronaldo-and-messi-achievements-in-champions-league-at-33-20210311

यस्तोमा रोनाल्डोले ३० वर्षको उमेरपछि लगातार ३ च्याम्पियन्स लिग उपाधि जितेका थिए भने मेस्सीको टोली बार्सिलोनाले मेस्सी ३० वर्षको भएपछि लगातार खेल बोटल गर्दै आएको छ। यस्ता तुलना गर्दैछन् रोनाल्डोका प्रसंशक सामाजिक सञ्जालमा।

तपाईंको यसबारेमा के सोच रहेको छ ?

प्रकाशित : शनिबार, फागुन २९, २०७७१४:००

हालान्ड बार्सिलोनाको मुख्य टार्गेट