भोलिबाट खरमास सुरु, यी राशिको लागि अत्यन्त शुभ !

मीन संक्रान्ति भोलि हो। भोलिबाट एक महिनासम्म ग्रहहरुका राजा सूर्य ग्रह मीन राशिमा अवस्थित रहनेछ। मीन देवगुरु बृहस्पतिको राशि हो र जब सूर्यदेव बृहस्पतिको राशिमा आउँछ तब खरमास लाग्छ। तसर्थ, १४ मार्चबाट १४ अप्रिलसम्म खरमास लाग्नेछ। यस समयमा, मांगलिक कार्यहरू गर्न निषेध गरिएको छ। मीन राशि चक्र राशीमा सूर्य देवको आगमनबाट केहि राशिका मानिसलाई लाभ प्राप्त हुनेछ। यी राशिहरु निम्नानुसार छन्…..

मिथुन राशि 

यस समयमा कार्य-व्यापारमा प्रगति हुनेछ। विदेशी कम्पनीहरूमा सेवा वा नागरिकताको लागि गरेका आवेदनहरू सफल हुनेछन्। आफ्नो योजना तथा रणनीति गोप्य राख्दै कार्य गर्नु भयो भने सफलता प्राप्त हुने सम्भावना उच्च हुन्छ। यदि तपाईं कुनै नयाँ सम्झौतामा हस्ताक्षर गर्न चाहानुहुन्छ समय अनुकूल रहनेछ। सरकारी क्षेत्रबाट लाभ मिल्ने सम्भावना छ।

तुला राशि 

यो समय तपाईंको लागि कुनै वरदान भन्दा कम साबित हुनेछैन। नयाँ व्यवसाय सुरु गर्न वा कुनै सम्झौतामा हस्ताक्षर गर्नको लागि समय अत्यन्त शुभ रहनेछ। लामो समयको लागि दिइएको पैसा फिर्ता आउन सक्छ। परिवारका जेष्ठ सदस्यहरू र भाइहरूबीच मतभेद बढ्न नदिनुहोस्। सरकारी क्षेत्रमा लाभ मिल्ने पूरा सम्भावना छ।

वृश्चिक राशि 

विद्यार्थी वर्गको लागि यो समय अत्यन्त शुभ रहनेछ। व्यापार-व्यवसायमा समय अनुकूल रहनेछ, आयका स्रोत बढ्नेछन्। लामो समयको लागि दिइएको धेरै पैसा फिर्ता पाउने आशा राख्न सकिन्छ। प्रेम सम्बन्धमा उदासिनता रहनेछ। सन्तान प्रतिको दायित्व पूरा हुनेछ। नव दम्पतिको लागि सन्तान प्राप्तिको योग रहेको छ।

मकर राशि 

यो समयमा तपाईंको साहस र पराक्रम बढ्नेछ। यो समयमा तपाईंले सोचेका कार्य पूरा गरेरै आनन्दको सास लिनुहुनेछ। कुनै ठूला कार्य सुरु गर्न वा नयाँ सम्झौता हस्ताक्षर गर्नको लागि समय अनुकूल रहनेछ। आफ्नो जिद्दीपन र रिसमा संयम राख्नुहोला। परिवारका वरिष्ठ सदस्यहरू वा भाइहरूसँग मतभेद उत्पन्न हुन नदिनुहोस्। सामाजिक मान-प्रतिष्ठा बढ्नेछ।

मीन राशि 

सामाजिक मान-सम्मानमा व वृद्धि हुनेछ। आफ्नो कुशल नेतृत्व र कार्य कुशलताको बलमा कठिन परिस्थितिबाट पनि सजिलै निक्लिन सक्नुहुन्छ। राजनीतिक कार्यमा सफलता मिल्ने सम्भावना उच्च देखिन्छ। विवाह सम्बन्धि वार्तामा केही ढिलाइ हुनेछ। स्वास्थ्य सामान्य रहनेछ। तपाईंले गरेको कार्य र निर्णयको सराहना गरिनेछ।

प्रकाशित : शनिबार, फागुन २९, २०७७१९:२२

भगवान शिवमा आस्था राख्नेले पालना गर्नै पर्छ शिवापुरणमाका बताइएका यी कुरा !