भगवान शिवमा आस्था राख्नेले पालना गर्नै पर्छ शिवापुरणमाका बताइएका यी कुरा !

हिन्दू धर्ममा शिवलाई देवताहरुको पनि देवको दर्जा दिइएको छ। यही कारणले शिव भक्तहरूले उहाँलाई महादेवको नाममा पुज्छन्। जहाँ ब्रह्मा जीको कार्य रचना गर्नु हो, विष्णु जीको कार्य त्यो सृष्टिलाई बचाउनु हो भने महेश अर्थात् भगवान शिवको काम भनेको यस सृष्टिमा निहित पापहरुलाई नष्ट गर्नु र एउटा नयाँ सुरुवात गर्नु हो।

यस्तोमा शिव पुराणमा उल्लेख गरिएको यी चीजको पालना गर्दा भगवान शिव छिटै प्रशन्न हुने विश्वास गरिन्छ। जान्नुहोस् यी चीजको बारेमा…

धन संग्रह

शिव पुराणमा पैसाको सदुपयोगको बारेमा वर्णन गरिएको छ। आफ्नो कडा परिश्रमको बलमा पैसा कमाउने मानिसले आफ्नो धन तीन भागमा बाड्नु पर्छ। धनको पहिलो भाग आफ्नो र परिवारको आवश्यकतामा खर्च गर्नुपर्छ, दोस्रो भाग संचित धन वृद्धि गर्न र तेस्रो धार्मिक कार्य र परोपकारमा खर्च गर्नुपर्छ।

क्रोधत हुनु हुँदैन

क्रोधित समयमा मानिस सहि र गलत कुरामा फरक छुट्टयाउन सक्दैन। क्रोध शान्त भएपछि मात्र यसको महसुस हुन्छ। रिसको कारणले मानिसको विवेक नष्ट हुन्छ। क्रोधको कारण सबै काम बिग्रिने बाहेक केहि हुँदैन।

शिवरात्रिको महत्व

शिवमा विश्वास गर्ने व्यक्तिले शिवरात्रिको दिनमा कहिल्यै भोजन गर्नु हुँदैन। शिवरात्रिको दिन व्रत राख्ने र शिव जीको पूजा आराधना गर्ने व्यक्ति माथि सधैं भगवान शिवको कृपा रहन्छ।

साँझको समयमा नगर्नुहोस् यी कार्य

दिनपछि रात आउँछ र रातपछि दिन। एक यस्तो समय पनि आउँछ जब दिन र रात एक-अर्कासँग मिलिरहेका हुन्छन्। त्यो क्षणलाई सन्ध्याकाल भनिन्छ। शिव पुराणमा भनिएको छ कि यो समयमा भगवान भोलेनाथले तिनै संसारमा नजर राखिरहेका हुन्छन्। यस्तो अवस्थामा कसैले पनि साँझको बेला कठोर शब्दहरू बोल्नु हुँदैन।

यी चीजको त्याग

शिवपुराणमा उल्लेख गरिएको छ कि मानिसको पतनको सबैभन्दा ठूलो कारण भनेको उसको मनमा अनावश्यक चाहनाहरू निरन्तर बढ्नु हो। मनमा अत्याधिक इच्छा बढ्नाले एक दिन यस्तो पनि आउँछ कि यहि चाहनाहरुको कारण मानिसको सबै खुसी नष्ट हुन्छ।

स्वच्छ विचार

शिव पुराणका अनुसार मानिसको विचारले नै मानिसलाई सफलताको बाटोतिर लिएर जान्छ। मानिसले आफ्नो जीवन सँधै काल्पनिक रूपमा बिताउनुपर्छ र स्वच्छ विचारको साथ काम गर्नुपर्छ।

प्रकाशित : शनिबार, फागुन २९, २०७७१९:२६

यदि तपाईंमा पनि यी ५ गुण छन् भने तपाईंलाई सफल र धनी हुनबाट कसैले रोक्न सक्दैन !