प्रचण्ड भन्छन् – “जसका निम्ति संघर्ष गरेको त्यहि वर्गले चिनेन”

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बन्ने हतारो नरहेको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्न कुनै हतारो नरहेको स्पष्ट पारेका हुन्।

प्रकाश विकल्पद्वारा लिखित ‘समृद्धिको रोडम्याप’ नामक पुस्तक विमोचन गर्दै प्रचण्डले आफू दुई पटक प्रधानमन्त्री भइसकेको र फेरि बन्न कुने हतारो नभएको बताए। हालको लडाईं पनि प्रधानमन्त्री पदका लागि नरहेको प्रचण्डको भनाई छ।

“म दुईचोटी प्रधानमन्त्री भइँसकेँ, अबमलाई प्रधानमन्त्री बन्ने हतारो पनि छैन र अहिलेको यो लडाईं पनि प्रधानमन्त्रीका लागि होइन्”,प्रचण्डले भने।

सबै जाति, क्षेत्र, लिङ्ग र उत्पीडित क्षेत्रका जनताको हक अधिकार प्राप्त गरी नयाँ राष्ट्रिय एकता गर्ने आफ्नो अभियान भएको पनि प्रचण्डले बताएका छन्। उनले भने,”मैले त उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समूदायको सबैको हकअधिकारका लागि नयाँ राष्ट्रिय एकताका लागि लडेको लडाईं हो।”

जसका निम्ति संघर्ष गरेको हो त्यो वर्गले नै नचिनेको भन्दै प्रचण्डले चिन्ता समेत व्यक्त गरे। आफूलाई पटक पटक मा-र्ने प्रयास गर्दा पनि जनताले नै आफुलाई जोगाएको बताउँदै उनले अबको आन्दोलन पनि निरंकुशता र जनताकै अधिकारका लागि भएको जिकिर गरे ।

“जसका निम्ति संघर्ष गरेको हो त्यो वर्गले नै नचिन्दा चिन्ता लाग्छ”,प्रचण्डले भने। प्रचण्डले आफू फेरि जनतामा जोडिने गरी अगाडि बढ्न लागेको बताए।

प्रकाशित : शनिबार, फागुन २९, २०७७१७:२२

“ओली अल्पमतमा पर्ने भए भने नेपालमा अदृश्य घट्ना पनि घट्नसक्छ”