आलोचना नै आलोचना भएपछि रोनाल्डोको भावुक सन्देश ! यसो भने …

एजेन्सी – गत हप्ता सुपरस्टार क्रिस्टियानो रोनाल्डोका लागि खासै सुखद रहेन। च्याम्पियन्स लिग अन्तर्गतको दोस्रो लेगको खेलमा खासै राम्रो प्रदर्शन गर्न नसकेका कारण रोनाल्डोको सर्वत्र आलोचना भयो। सर्जियो ओलिभेरोले फ्रिकिक गोल गर्दा उनको भूमिकालाई लिएर अझ बढी आलोचना गरियो।

केहिले रोनाल्डोलाई ल्याएर युभेन्टसले गल्ती गरेको समेत भन्न भ्याए। त्यसमध्ये केहिले रोनाल्डोका कारण युभेन्टस कम्जोर भएको भन्दै टिप्पणी समेत गरे। यसरी आफ्नो आलोचना गर्नेहरुलाई र आफ्नो प्रदर्शनबाट निराश भएका प्रशंसकहरुलाई रोनाल्डोले सन्देश दिएका छन्।

रोनाल्डोले सामाजिक संजाल इन्स्ताग्राम मार्फत सन्देश जारी गर्दै कति पटक असफल भैयो भन्दा पनि कति छिटो असफलताबाट माथि उठ्न सकियो भन्ने कुरा महत्वपूर्ण हुने बताएका हुन्।

“जीवनमा कति पटक लडिन्छ भन्दा पनि लडेपछि कति छिटो र कति बलियो आफ्नो खुट्टीमा उभिन सकिन्छ भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ।”,रोनाल्डोले इन्स्टाग्राममा लेखेका छन्,”सच्चा ‘च्याम्पियन’ कहिले पनि टुट्दैन्”

रोनाल्डोले विगत बिर्सिएर अगाडी बढ्ने पनि बताएका छन्। विगत र इतिहाँस मेटाउन नसकिने भएपनि हरेक दिन नयाँ इतिहाँस बनाउन सकिने रोनाल्डोको भनाई छ।

रोनाल्डो लेख्छन्,”इतिहाँस मेटाउन सकिदैन, यो टिम स्पिरिट, लगनशीलता र धेरै मेहनतको साथ प्रत्येक दिन लेखिएको हुन्छ। र जसले यो बुझ्दैनन्, कहिल्यै जित र सफलता हाँसिल गर्न सक्दैनन्।”

किन भयो आलोचना ?

रोनाल्डो सन् २०१८ मा युभेन्टस पुगेका हुन्। रियल म्याड्रिडमा ९ वर्ष बिताएका रोनाल्डोलाई युभेले १ सय मिलियन युरो तिरेको थियो। च्याम्पियन्स लिग जित्ने आशा सहित रोनाल्डोलाई भित्र्याएको भएपनि युभेन्टसको त्यो सपना अहिले सम्म पूरा हुन सकेको छैन।

यस वर्ष च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता समेत रहेका रोनाल्डोले पोर्टोविरुद्ध दुवै लेगमा गोल गर्न सकेनन् । च्याम्पियन्स लिगका लागि तयार राख्न नै सिरि एमा लाजियोविरुद्धको खेलमा रोनाल्डोलाई आराम दिइएको भएपनि रोनाल्डोले सोचे जस्तो खेल्न सकेनन्।

 

प्रकाशित : आइतबार, चैत ०१, २०७७११:२०

सालाहलाई बेच्न सुझाव !