नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्ष बीच भेटवार्ता सुरु भएको छ। पार्टी कार्यालय धुम्बाराहीमा यी दुई बीच पक्षबीच वार्ता सुरु भएको हो।
यी दुई बीचको वार्ताका लागि नेपाल समूहबाट स्वयम् नेपाल सहित भीम रावल, रघुजी पन्त, घनश्याम भुषाल सुरेन्द्र पाण्डे, र गोकर्ण विष्ट छन् भने ओली समूहबाट प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली पार्टी कार्यालय धुम्बाराही पुगेका छन्।
नेता नेपालले बालुवाटारमा भेटवार्ता गर्नको लागि तयार नभएपछि उनीहरु दुई बीच पार्टी कार्य धुम्बाराहीमा वार्ता हुने भएको स्रोतले जनाएको छ। एमाले भित्र विवाद बढेसँगै विभिन्न नेताले ओली र नेपाल बीच भेट गराउन प्रयास गरे पनि सफल भएका थिएनन्।
बैठकमा एमाले वरिष्ठ नेता झलनाथ खनाल भने उपस्थित छैनन्। तर खनालले भने आफूलाई वार्तामा सहभागी हुनको लागि कुनै खबर नगरेकोले आफू नगएको बताएका छन्। उनले भने,”मलाई बोलाइएको थिएन। त्यहि भएर म नगएको हो।”