ओली र नेपाल पक्ष बीच छलफल जारी [फोटो फिचर]

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच छलफल जारी छ। पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष ओली र नेता नेपाल पक्षबीच भेटवार्ता र छलफल भइरहेको छ।

वार्तामा नेपाल समूहबाट स्वयम् नेपाल सहित भीम रावल, रघुजी पन्त, घनश्याम भुषाल सुरेन्द्र पाण्डे, र गोकर्ण विष्ट छन् भने ओली समूहबाट प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली पार्टी कार्यालय धुम्बाराही पुगेका छन्।

वार्ताका केहि तस्बिरहरु: 

प्रकाशित : सोमबार, चैत ०२, २०७७१२:४२

माओवादी केन्द्रको बैठक आज दोस्रो दिन पनि पेरिसडाँडामा जारी