दोहोरो अंकले घट्यो नेप्से, परिसूचक २४ सय अंक भन्दा कम

सोमबार पनि नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आउँदा परिसूचक २४ सय अंक भन्दा तल झरेको छ। आजको कारोबारपछि परिसूचक २३८९ अंकमा कायम भएको छ।

कुल ४ अर्ब २४ करोड रुपैयाँको सेयर किनबेच भएको दिन सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर किनबेच भएको छ। सो कम्पनीको ४३ करोड रुपैयाँको कारोबार भयो भने मूल्य प्रतिकित्ता ५३७ रुपैयाँ कायम भयो। माथिल्लो तामाकोसी २९ करोड ८३ लाख रुपैयाँको कारोबार हुँदा नविल बैंकको १९ करोड रुपैयाँ बराबरको कारोबार भयो।

समग्रमा बजार घट्दा पनि चन्द्रागिरि हिल्सको मूल्य १० प्रतिशतले बढेको छ। बजार खुला भएको केहि घण्टामा यस कम्पनीको सकारात्मक सर्किट लागेको थियो। साथै सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार नजिक पुगेको छ। आजको कारोबारपछि कम्पनीको मूल्य प्रतिकित्ता ९७२ रुपैयाँ कायम भएको छ। त्यस्तै, घलेम्दी हाइड्रोपावरको मूल्य साढे ९ प्रतिशतले बढ्यो।

सोमबार व्यापार, उत्पादन र होटल तथा पर्यटन, लगानी समूह बढ्दा अरु सबै समूह भने घटेका छन्। व्यापार ५५, उत्पादन १० र होटल तथा पर्यटन ९० अंकले बढेको दिन लगानी समूह १ अंकमुनि हरियो रह्यो। त्यस्तै, बैंकिङ १७, विकास बैंक ११, जलविद्युत ०.७८, फाइनान्स ७, निर्जीवन बीमा १९२, अन्य ३८, माइक्रोफाइनान्स २५ र जीवन बीमा समूह १२१ अंकले घटेका छन्।

प्रकाशित : सोमबार, चैत ०२, २०७७१६:११

लगातार तीन दिन एकै भाउमा कारोबार भएको सुनको मूल्य बढ्यो !