लगातार तीन दिन एकै भाउमा कारोबार भएको सुनको मूल्य बढ्यो !

काठमाडौँ – महिनाको पहिलो दिन बढेपछि स्थिर रहेको सुनको मूल्य आज बढेको छ। आइतबार बढेर सोमबार र मंगलबार घटबढ नभएको सुनको मूल्य आज बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा ३ सय रुपैंयाले बढेको छ। जसपश्चात नेपाली बजारमा छापावाला सुनको मूल्य ८६ हजार ९ सय र तेजाबी सुनको मूल्य ८६ हजार ४ सय ५० कायम भएको छ।

यस अगाडी छापावाला सुन आइतबार, सोमबार र मंगलबार तिनै दिन ८६ हजार ६ सय रुपैंयामा कारोबार भएको थियो भने तेजाबी सुन तीनै दिन ८६ हजार १ सय ५० रुपैंयामा कारोबार भएको थियो।

चाँदीको मूल्य

बुधबार सुनको मूल्य पनि घटेको छ। तोलामा रु १०ले घटेर चाँदीको मूल्य १२ सय ७० कायम भएको छ। यस अगाडी चाँदी आइतबार १२ सय ७०, सोमबार १२ सय ७८ र मंगलबार १२ सय ८० रुपैंयामा कारोबार भएको थियो।

प्रकाशित : बुधबार, चैत ०४, २०७७११:२७

खुल्यो सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपीओ: कत्ति कित्ता भर्दा ठिक होला?