खुल्यो सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपीओ: कत्ति कित्ता भर्दा ठिक होला?

काठमाडौँ, आजबाट सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ (प्राथमिक शेयर ) सार्वजनिक गरेको छ । यस कम्पनिले २६ करोड ९७ लाख  बराबरको प्रतिसेयर १  सय रुपैयाँ अंकित मूल्यका २६ लाख ९७ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

कम्पनीले २९ लाख साधारण शेयर कित्ता मध्ये १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि, ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र बाँकी रहने २६ लाख ९७ सर्वसाधारणको लागि छुट्ट्याइएको छ।

सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयरमा आवेदन दिनको लागि चैत्र १० गतेसम्म समय तोकिएको छ । साथै यस समय अवधिमा सबै शेयर बिक्रि नभएमा  नपरेमा चैत २० गतेसम्म म्याद थप हुने कम्पनीले जनाएको छ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १ करोड ५० लाख रुपैया रहेकोमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूबाट १४ करोड ५० लाख  र सर्वसाधारणबाट २९ करोड बराबरको आईपीओ निष्कासन गरेको छ। जसपछि कम्पनीको पुँजी १ अर्ब ४५ करोड रुपैया हुनेछ।

सिंगटी खोला जलविद्युत आयोजना (२५ मेगावाट) ले  उत्पादन सुरु गरिसकेको छ । साथै कम्पनीले यही आर्थिक वर्षमा करिब १२ करोड नाफा गरिसकेको छ ।

लगानीकर्ताले आइपीओमा १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् तर कम्पनिको शेयरमा अधिक आवेदन पर्ने निश्चित भएकोले कम्पनीको शेयरमा १० कित्ता मात्र शेयर आवेदन दिनु उपयुक्त हुने देखिन्छ ।

प्रकाशित : शुक्रबार, चैत ०६, २०७७१२:३७

कहिले हुन्छ ज्योति लाइफकाे आईपीओ बाँडफाँड?