कहिले हुन्छ ज्योति लाइफकाे आईपीओ बाँडफाँड?

काठमाडौँ, गत फागुन २३ गतेदेखि साधारण शेयर (आइपिओ) निष्काशन गरेको ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले यसै साताको शुक्रबारसम्म बाँडफाँट गर्ने तयारी रहेको जनाएको छ।

कम्पनीले १०० का दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको थियो। तीमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषलाई, तीन लाख ३३ हजार कित्ता कर्मचारीलाई र बाँकी रहेको ५९ लाख ४० हजार सर्वसाधारणका लागि छुट्याएको हो । कम्पनीको आइपीओेमा १८ लाख ४ हजार ६ सय ४८ जनाले आवेदन दिएका छन् । तिन  करोड ८० लाख ५७ हजार ७ सय १० कित्ता सेयर खरिदको लागि तिन अर्ब ८० करोड ७१ हजार बढि रकम जम्मा भएको छ । यो रकम मागभन्दा ६.४ गुणा बढी हो ।

एनएमबी क्यापिटल बिक्री प्रबन्धकको अनुसार  आइपीओमा आवेदन परेकाहरुको भेरिफाईको काम भैरहेको छ। यदी भेरिफाई गरेर सकियो भने आज नै  बाँडफाँट गरिने छ र सकिएन भने अर्काे साता बाँडफाँट गरिनेछ ।

प्रकाशित : शुक्रबार, चैत ०६, २०७७१३:०९

निफ्राले नेप्सेलाई दियो यस्तो स्पष्टिकरण, हाेल्ड गर्नेहरु मालामाल?