थप ७९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको सङ्ख्या २ लाख ७५ हजार भन्दा बढी !

काठमाडौँ — सोमबार देशभर ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न प्रयोगशालामा ३ हजार ३ सय ११ जनामा गरिएको परीक्षणमा ७९ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यससँगै, नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७५ हजार ३१०  पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ७५ जना कोरोना संक्रमण मुक्त भएका छन् । जससँगै हालसम्म निको हुनेको संख्या २ लाख ७१ हजार ४ सय १ रहेको छ । हाल नेपालमा ८९५ सक्रिय संक्रमित रहेका छन् ।

सोमबार कोरोना संक्रमणको कारण थप कसैको पनि मृ-त्यु नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। त्यस्तै, अहिलेसम्म देशभर कोरोना संक्रमणको कारण-त्यु हुनेको सङ्ख्या ३ हजार १४ रहेको छ ।

प्रकाशित : सोमबार, चैत ०२, २०७७१६:३८

पहिले मिठा कुरा भए, अन्त्यमा टर्रो कुरा गरे: माधव नेपाल