बामदेवले भने – “गल्ती सबैबाट भयो”

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले फागुन २८ गतेको निर्णय फिर्ता लिन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।

मंगलबार नेपाल कम्युनिस्ट पार्टी (एमाले) एकता राष्ट्रिय अभियानको कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा गौतमले फागुन २५ गतेको निर्णय फिर्ता लिन ओलीलाई आग्रह गरेका हुन्।

गौतमले पार्टी एकता जोगाउनको लागि ओली आफ्नो कदमबाट ब्याक हुनुको विकल्प नरहेको बताए। ओलीले आफ्ना निर्णय फिर्ता लिने बितिकै पार्टी एक हुने उनको भनाई छ।

गौतमले भने,”फागुन २८ को निर्णय बदर गरेर माधव नेपाललगायतका सबै नेता एक ठाउँमा उभिने वातावरण बनाइनुपर्छ। यसले कसैको हानि गर्दैन। पार्टी एक हुन्छ।”

पहिला एमाले भित्र एकता कायम गरेर एमाले नेतृत्वमै सबै वामपन्थी समेटिएको सरकार बनाउन पनि गौतमले बताए। गल्ती सबैबाट भएका कारण आत्मालोचनाका माध्यमबाट अगाडि बढ्नुपर्ने उनको भनाई छ।

“जो मात्रै अध्यक्ष ओलीलाई भेटेर पार्टीको विधान र नवौं महाधिवेशन अनुकुल कार्य गरेर अगाडि बढ्न आग्रह गरें। उहाँलाई पार्टीका अन्तरविरोध समाधान गरेर सबैलाई समेट्ने काम गर्न भनेको छु। विगत केहि कालमा गल्ती सबैबाट भएका छन्। आलोचना आत्मालोचनाका माध्यमबाट अगाडि बढौं।”,गौतमले भने।

प्रकाशित : मङ्गलबार, चैत ०३, २०७७१४:०७

“सभामुख नै सेटिङमा चल्न थाले”