चाणक्य नीति शास्त्र एक धेरै उपयोगी पुस्तक हो। यस पुस्तकमा सफलताका लागि सुझाव र सूत्रहरू नीतिहरूको रूपमा पाइन्छ। चाणक्य नीति शास्त्रमा सैद्धान्तिक ज्ञान भन्दा व्यावहारिक शिक्षाको बारेमा बताइएको छ। यो पुस्तक आचार्य चाणक्यले लेखेका थिए। उनी एक विद्वान, कुशल रणनीतिकार र दूरदर्शी थिए। चाणक्य नीतिका अनुसार जो मानिस व्यापार-व्यावसाय तथा रोजगार क्षेत्रमा सफल हुन चाहन्छन् उनीहरूले यी चार कुरा सधैं ध्यानमा राख्न जरूरी छ। यी चार चीजहरू निम्नानुसार छन्:
अनुशासन
जो मानिस रोजगार तथा व्यापार-व्यवसायमा सफलता प्राप्त गर्न चाहन्छ उनीहरु आफ्नो कामप्रति इमान्दार र अनुशासित हुनु अत्यन्त आवश्यक हुन्छ। चाणक्यका अनुसार अनुशासनले नै व्यक्तिमा कडा परिश्रमको भावना विकास गर्छ। अनुशासन बिना कुनै पनि काम समयमै सम्पन्न हुँदैन। यसैले सफल हुनको लागि अनुशासन हुनु आवश्यक छ।
साहस
चाणक्य नीतिमा आचार्य चाणक्य भन्छन् कि कुनै पनि व्यवसायमा सफल हुनको लागि व्यक्तिसँग जोखिमपूर्ण निर्णयहरू लिने क्षमता हुनुपर्छ। आचार्य चाणक्यका अनुसार व्यापारमा त्यहि मानिस सफल हुनसक्छ जो असफलतासँग कहिले पनि डराउँदैन। व्यवसायमा सहि समयमा लिएको निर्णयले मात्र भविष्यमा व्यक्तिलाई फाइदा पुर्याउँछ।
कुशल व्यवहार
चाणक्य नीति अनुसार व्यापार वा रोजगार व्यक्तिको व्यवहार कुशल हुन धेरै महत्त्वपूर्ण हुन्छ। चाणक्य नीतिमा आचार्य चाणक्यले भनेका छन् कि कुशल व्यवहार भएका मानिसले छिटै अरु मानिसलाई प्रभावित गर्न सफल हुन्छन्। जसको कारण उनीहरु आफ्नो क्षेत्रमा सफल हुनसक्छन्।
टिम वर्कको भावना
चाणक्य नीति अनुसार जो मानिसमा सबैलाई साथमा लिएर अगाडी बढ्ने भावना हुन्छ त्यो मानिस छिटै सफल हुन्छ। कुनै व्यक्ति एक्लै सफल हुन सक्दैन। सफलताको लागि धेरै मानिसहरूलाई सहयोग आवश्यक पर्छ। त्यसकारण, प्रत्येक मानिससँग उसको क्षमता अनुसार काम गर्नुहोस्।