हुएस्का विरुद्धको खेलमा मेस्सीले दिखाइदिए कि उनी जस्तो खेलाडी कोइ पनि छैन [भिडियो सहित]

बार्सिलोनाका कप्तान लियोनल मेस्सीको हुएस्का विरुद्ध गरेको अविश्वसनीय प्रदर्शनले उनको फुटबलिंग दिमाग अरुको भन्दा अर्को लेभलमा चल्ने प्रमाणित गरेको छ। क्याटालान क्लबले आइतबार हुएस्का विरुद्ध सजग जीत निकाल्यो र उक्त खेलको हिरो रहे क्लब कप्तान मेस्सी।

बार्सिलोनाको जर्सीमा सबैभन्दा धेरै खेल खेल्ने जाभीको रेकर्ड बराबरी गरेको खेलमा मेस्सीले २ गोल गर्नुका साथै १ असिस्ट पनि प्रदान गरे। यो खेल मेस्सीको बार्सिलोनाको जर्सीमा ७५७ औं खेल थियो।

https://youtu.be/bGMLnxJn4to

मेस्सीको पहिलो गोल एक ट्रेडमार्क एकल प्रयास थियो। अर्जेन्टिनी दिग्गजले उक्त गोल गर्नु अघि केवल तीन टच लिएका थिए। ग्रिज्मनको रकेट गोलले बार्सिलोनालाई २-० को अग्रता दिलायो। मेस्सीले बार्सिलोनाको तेस्रो गोलका लागि ओस्कार मिन्गेजालाई असिस्ट प्रदान गर्दा ९० औं मिनेटमा व्यक्तिगत दोस्रो र टिमको लागि चौंथो गोल गरेका थिए।

यसको मतलब मेस्सीले यो सिजन केवल २३ खेल लिग खेल खेल्दै २१ गोल गरेका छन् भने थप ७ असिस्ट पनि दिएका छन्। यो तथ्यांक सायद नराम्रो पनि हैन खासगरी त्यो खेलाडीलाई जो सिजन सुरु हुनु अघि एक विवादास्पद ट्रान्सफर सागामा संलग्न भएको थियो।

प्रकाशित : बुधबार, चैत ०४, २०७७१९:३२

फुटबलमा कुनै एक खेलाडीलाई सर्वोत्कृष्ट भन्न मिल्दैन: लेवान्डोस्की