युभेन्टस आफ्नो स्तरको क्लब नरहेको रोनाल्डोको बुझाइ, रियलमा फर्किने चर्चा !

एक रिपोर्टका अनुसार क्रिस्टियानो रोनाल्डोले युभेन्टसलाई आफ्नो स्तरको क्लबको रूपमा देखेका छैनन् र यसको कारण आउँदो समरमा फेरी एक मेगा ट्रान्सफर हुने सम्भावना रहेको छ।

पछिल्लो हप्ता पोर्चुगिज दिग्गजको लागि निकै कठिन रह्यो विशेषगरी युभेन्टस पोर्टोसँग पराजित हुँदै च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएपछि। खेलको अन्तिम समयमा सर्जियो ओलिभेराले फ्री-किक गोल गर्दा रोनाल्डोलाई पीठ फर्काएको भन्दै निकै आलोचना गरियो।

ट्रानसेडी पालेर्मीले दाबी गरेका छन् कि रोनाल्डो नजिककै स्रोतका अनुसार रोनाल्डोले आफू युभेन्टस भन्दा माथि रहेको र क्लब आफ्नो स्तरमा नरहेको सोचिरहेका छन्।

युभेन्टससँग रोनाल्डोको सम्झौता २०२२ बाट सकिँदै छ। यस्तोमा युभेन्टस पनि रोनाल्डोलाई बेच्ने दाउमा रहेको बताइन्छ। रोनाल्डो २०२१ को समर ट्रान्सफर विन्डोमा रियल म्याड्रिड फर्किने समेत चर्चा चलिरहेको छ। यसमा रियल म्याड्रिडका मुख्य प्रशिक्षक जिनेदान जिदानले प्रतिक्रिया दिँदै यो चर्चा सत्य पनि हुनसक्ने बताएका थिए।

प्रकाशित : बुधबार, चैत ०४, २०७७१९:३२

मेस्सी-रोनाल्डो नभएको भने कसले जित्थ्यो होला त यी दुईले जितेको ११ ब्यालुन डी ओर ? हेर्नुहोस् !