मोड्रिचको प्रदर्शनले दंग जिदान !

एजेन्सी – रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ । यो सिजन मिश्रित प्रदर्शन गरिरहेको रियलले मंगलबार एटलान्टालाई ३–१ ले हराएपछि समग्रमा ४–१ को अग्रतासहित टोली अन्तिम ८ मा पुगेको हो ।

टोलीको प्रदर्शनमा रियलका प्रशिक्षक जिनेदिन जिदान निकै खुसी छन् । अझ त्यसमा पनि उनी लुका मोड्रिचसँग बढी नै प्रभावित छन् । ३५ वर्षको उमेरमा पनि मोड्रिचले विश्वस्तरी प्रदर्शनलाई निरन्तरता दिन सकेकोमा जिदानले उनको तारिफ गरेका छन् ।

‘म खेलाडीहरुलाई बधाई दिन चाहन्छु । किनकी सुरुवात देखि नै टोलीले उच्च प्रदर्शन गर्यो । हामीले जुन टोलीविरुद्ध खेल्यौं त्यसमा शारीरिक परिश्रम निकै पर्छ,’ उनले भने, ‘हामीले राम्रो रक्षा गर्यौं । विथ बल पनि हामीले स्तरीय प्रदर्शन गर्यौं र हाम्रा लागि पूर्ण खेल थियो ।’

मंगलबारको खेलमा रियलका साथमा कासेमेरो थिएनन् । प्रतिबन्धका कारण उनी उपलब्ध थिएनन् । उनको उनुपस्थितिमा टोलीका सिनियर खेलाडीले स्तरीय प्रदर्शन गरेका थिए । ‘दुई होल्डिङ मिडफिल्डर मोड्रिच र टोनी क्रुसले निकै स्तरीय खेले । कासेमेरोले गोल गर्न सक्थ्ये र खेललाई अर्कै तरिकाले हुन्थ्यो,’ जिदानले थपे, ‘यदि तिमि मलाई मोड्रिचको बारेमा सोध्छौं भने मैदानमा उनलाई हेर्दा ३५ वर्षको जस्तो लाग्दैनन् ।’

भिनिसियस जुनियर खेलमा गोल गर्नबाट चुके । तर उनकै कारण टोलीले पेनाल्टी पाएको थियो । ‘म उनीसँग पनि खुसी छु । किनकी उनकै कारण पेनाल्टी प्राप्त भयो । उनको गतिका कारण त्यो सम्भव भयो,’ जिदानले अगाडि भने, ‘हामीलाई थाहा छ उनले विपक्षी रक्षापक्तिलाई समस्यामा पार्ने गर्छन् । उनी महत्वपूर्ण खेलाडी हुन् ।’

प्रकाशित : बुधबार, चैत ०४, २०७७१८:२१

जब मेस्सी म्यानेजर भन्दा जान्नी भए, सब्स्टीच्युट हुन मानेनन् !