उष्ट्रासनको अर्थ हुन्छ ऊँटको जस्तै बनाउने आसन। यसलाई अंगलभाषामा कमल पोज पनि भनिन्छ। यो आसन महिलाका लागि अत्यन्त लाभकारी हुन्छ। यो आसन मासिक चक्र अनियमित भएको छ भने त्यसको लागि धेरै प्रभावकारी छ। साथै शरीरमा हुने अनेक प्रकारका पिडा पनि यसले कम गर्न मद्दत गर्छ। जसले सानै उमेरबाट यो आसन गर्दै आएको छ उनीहरुकको शरीरमा लचिलोपन हुन्छ। काँधहरू बलियो बनाउनको लागि यो अभ्यास निकै लाभदायक साबित हुन्छ। जान्नुहोस् उष्ट्रासन गर्ने तरिकाको बारेमा…..
उष्ट्रासन गर्ने तरिका

जमीनमा एउटा म्याट राखेर घुँडा टेकेर बस्नुहोस्। आफ्नो दुबै हात कम्मरको पछाडी पट्टि राख्नुहोस्। घुँडा र काँध एउटै रेखामा हुनुपर्छ र खुट्टाको पैताला आकाशतिर फर्केको हुनुपर्छ। अब पछाडीतर्फ झुक्दै आफ्नो हात खुट्टाको पैतालामा छुनुहोस्। सास फेर्दै पेटलाई अगाडि तान्नुहोस् ताकि सन्तुलन कायम रहनेछ। घाँटीमा कुनै दबाब नदिइ केहि समयको लागि यसरी नै बस्नुहोस्। यस स्थितिमा हुँदा सास लिँदै-छाड्दै गर्नुहोस्।

उष्ट्रासनको लाभ
- पीठ र काँधलाई बलियो बनाउँछ।
- कम्मर दुख्ने समस्याबाट छुटकारा दिन्छ।
- मेरुदण्डमा लचिलोपन ल्याउँछ।
- अनियमित मासिक चक्रको समस्याबाट छुटकारा दिन्छ।
- चेस्टको आकार सुधार गर्छ।
- पेट, डबलचिन र कम्मरको मोटोपन कम गर्छ।

