कोभिड-१९ को केसहरु फेरी बढ्न थालेको खबर आइरहँदा अमेरिकाबाट आएको समाचारले सारा विश्वको ध्यानाकर्षण गरेको छ। अमेरिकाको फ्लोरिडामा डाक्टरहरूले एक बच्ची जन्म भएको दावी गरेका छन् जसको शरीरमा जन्मजात नोबेल कोरोना भाइरसको एन्टीबडी फेला परेको छ। विशेष कुरा के छ भने उक्त बच्चीकि आमालाई डेलिभरी भन्दा तीन हप्ता अघि मात्र कोभिड १९ को खोप दिइएको थियो। डाक्टरका अनुसार उक्त शिशु जन्मिना साथ गर्भनालबाट रगतको नमूना लिएर परीक्षण गरिएको थियो जसले नवजात शिशुको शरीरमा कोरोना भाइरस विरुद्धको एन्टिबडीहरू रहेको पुष्टि गर्यो।

स्वास्थ्य विज्ञान सम्बन्धि इप्रिन्ट प्रकाशन गर्ने ‘मेडआर्काइभ’ मा पोस्ट गरिएको एक अध्ययनका अनुसार बच्चाको आमालाई गर्भावस्थाको ३६ औं हप्तामा कोरोना विरुद्धको खोप दिइएको थियो। जसको तीन हप्ता पछि उक्त महिलाले स्वस्थ बच्चीलाई जन्म दिइन्। डेलिभरीको समयमा उपस्थित डाक्टरका अनुसार गर्भवती महिलामा कोरोनाको खोपको प्रभाव देखिएको थियो। अध्ययनको क्रममा उनीहरुले नवजात शिशुबाट लिएको नमूनामा सार्स सीओभी-२ एलजीजी एन्टीबडी भेट्टाएका छन्।

यो खबर धेरै तरिकाले खास रहेको छ। जन्मजात शिशुमा पहिलेबाट नै एन्टिबडी हुनुको मतलब यो हुन्छ कि उनीहरु कोरोना भाइरसबाट सुरक्षित छन्। त्यस्तै, बच्चाको शरीरमा जन्म देखि नै एन्टिबडी फेला परेको यो पहिलो घटना हो। अमेरिकन जर्नल अफ ओब्स्टेट्रिक्स एण्ड गाईनेकोलोजीले एक अध्ययनको समयमा पहिले नै यस्तो हुने दाबी गरेको थियो। अन्वेषकहरूले रिपोर्ट गरेका थिए कि कोभिड-१९ संक्रमणबाट जोगाउने एन्टिबडी गर्भवती महिलाबाट उनीहरूका बच्चाहरूमा स्थानान्तरित हुन्छ।

