समाजमा श्रीमान्-श्रीमतीको सम्बन्धलाई सबैभन्दा पवित्र सम्बन्ध मानिन्छ। सात फेरा र सात वचनले बनेको यो सम्बन्ध अटूट हुन्छ। यद्यपि यस सम्बन्धमा जति धेरै प्रेम हुन्छ त्यति नै झगडा पनि हुन्छ। तर भनिन्छ नि जहाँ धेरै माया हुन्छ त्यहाँ झगडा पनि हुन्छ। तर कतिपय समय विभिन्न कारणले गर्दा श्रीमान-श्रेमती बीच मनमुटाव हुनसक्छ। यस्तोमा, धेरै जसो पतिलाई आफ्नी पत्नीका केहि बानी पटक्कै मन पर्दैन। जान्नुहोस् यी बानीको बारेमा…..

छिटै रिसाउने बानी
कतिपय समय यो देख्न सकिन्छ कि धेरै पत्नीहरू आफ्नो पतिसँग एकदम क्रोधित हुन्छन्। कतिपय पति यस्तो समयममा शान्त रहन्छन् भने कतिले विरोध गर्छन्। यस्तो अवस्थामा घरमा झगडाको वातावरण बन्छ। यसको सिधा असर उनीहरुको बच्चामा पर्ने गर्छ।

रिस उठाउने काम गर्नु
श्रीमान्-श्रीमतीको सम्बन्धमा यो पनि देखिन्छ कि धेरै पतिहरु आफ्नी श्रीमतीले आफूलाई जानी जानी रिस उठाउने काम गरेको कारण निराश हुन्छन्। धेरै जसो मजाकमा यस्ता कार्य गर्ने गर्छन्। तर धेरै जसो पतिलाई अआफ्नी पत्नीको यो बानी फिटिक्कै मन पर्दैन।

धेरै सपिंग
जब कुरा सपिंगको आउँछ, यो कुरा सबैलाई थाहा छ कि पुरुषहरू भन्दा महिलालाई सपिंग गर्ने शोक धेरै हुन्छ। उनीहरु जति बेला पनि सपिंग गर्न जान तयार हुन्छन्। तर पतिलाई भने आफ्नी पत्नीले अधिक सपिंग गरेको मन पर्दैन।

शंका गर्नु
एउटा भनाइ नै छ कि यदि कुनै व्यक्तिले कसैलाई शंका गर्न सुरु गर्यो भने त्यसको उपचार हकीमसँग पनि हुँदैन। धेरै पत्नीको बानी हुन्छ आफ्नो पति माथि शंका गर्ने। पति घरबाट निस्किरहेको समयको ख्याल राख्ने देखि लिएर कहाँ जान्छ, कसलाई भेट्छ, सबैको बारेमा ख्याल राख्छन्। पतिलाई भने आफ्नी पत्नीको यस्तो बानी कतै पनि मन पर्दैन।

