आज नेपली समय अनुसार ४:४५ मा च्याम्पियन्स लिग २०२०/२१ को अन्तिम ८ को ड्र हुँदैछ। स्विजरल्याण्डको नियोनमा हुने ड्रमा गत सिजनको च्याम्पियन बार्यन म्युनिख, पीएसजी, रियल म्याड्रिड, पोर्टो, चेल्सी, लिभरपुल, बोरुसिया डर्टमुन्ड र म्यानचेस्टर सिटी रहेका छन्।

च्याम्पियन्स लिगको यो चरणसम्म आइपुग्दा टिम र व्यक्तिगत रूपमा केहि उत्कृष्ट प्रदर्शन देखियो। युभेन्टसले बार्सिलोनालाई क्याम्प नाउमा ३-० ले हरायो, पीएसजीका एम्बाप्पेले बार्सा विरुद्ध उत्कृष्ट ह्याट्रिक गरे, पोर्टोले युभेलाई प्रतियोगिताबाट एलिमिनेट गर्नु, एर्लिंग हालान्डको सेभिल्ला विरुद्धको खेल, यी अहिलेसम्मको सिजनका उत्कृष्ट क्षण मध्येमा रहे।
यस्तोमा हु स्कोर्डले यो सिजनको च्याम्पियन्स लिगमा अहिलेको चरणसम्म सबैभन्दा उत्कृष्ट रेटिंगको आधारमा अहिलेसम्मको ‘टिम अफ द सिजन’ सार्वजनिक गएको छ। बेस्ट ११ मा केहि ठूला खेलाडी समावेश हुन सकेका छैनन्, जस मध्ये सबैभन्दा ठूलो नाम हो: क्रिस्टियानो रोनाल्डो।

यस्तो छ हु स्कोर्डको अहिलेसम्मको ‘टिम अफ द सिजन’
गोलकिपर: मानुएल नुएर
राइट ब्याक: जुआन कवाद्राडो
सेन्टर ब्याक: निक सुल
सेन्टर ब्याक: क्रिस्टियन रोमेरो
लेफ्ट ब्याक: एलेक्स सान्ड्रो
सेन्ट्रल मिल्फिल्डर: जोसुवा किमिक
सेन्ट्रल मिल्फिल्डर: ब्रुनो फर्नान्डेज
विंगर: लियोनल मेस्सी
विंगर: नेयमार
स्ट्राइकर: किलियन एम्बाप्पे
स्ट्राइकर: एर्लिंग हालान्ड

