बार्सिलोनालाई मेस्सी र डी जोङको चिन्ता, दुवै खेलाडी निलम्वित हुन सक्ने !

एजेन्सी – क्याटलान क्लब बार्सिलोना यति बेला महत्वपूर्ण तथा संवेदनशील अवस्थामा छ। च्याम्पियन्स लिग हातबाट फुत्किएपनि दुई महत्वपूर्ण ट्रफी जित्ने सम्भावना जिवितै छ।

आइतबार राति बार्सिलोनाको सामना रियल सोसीडाडसँग हुँदैछ। सोसीडाडको घरेलु मैदानमा हुने खेल जितेको खण्डमा बार्सिलोना पुनः लिगको दोस्रो स्थानमा उक्लिने छ।

हाल लालिगाको दोस्रो स्थानमा रियल म्याड्रिड छ। शनिबार राति भएको खेलमा सेल्टा डि भिगोलाई पराजित गर्दै रियल म्याड्रिड दोस्रो स्थानमा उक्लिएको हो। रियलले २८ खेलबाट ६० अंक बटुलेको छ। बार्सिलोना बराबर २७ खेलेको एथ्लेटिको म्याड्रिडको भने ६३ अंक छ।

बार्सिलोना ला-लिगामा अपराजित

सिजनको शुरुवातमा खासै राम्रो प्रदर्शन गर्न नसकेपनि बार्सिलोना लगातार राम्रो प्रदर्शन गरिरहेको छ। ला-लिगा अन्तर्गतका १७ खेलमा बार्सिलोना पराजित भएको छैन।

लालिगामा बार्सिलोना डिसेम्बर ५ मा काडिज विरुद्धको खेलमा २-१ ले पराजित भएको थियो। त्यसयता उसले कुनै पनि खेल हारेको छैन। यस बीचमा काडिजको अर्को खेलमा बराबरी खेलेबाहेक बार्सिलोनाले सम्पूर्ण खेल जितेको छ।

चिन्ता मेस्सी र डी जोङको

बार्सिलोनालाई सबै भन्दा बढी चिन्ता कप्तान लियोनेल मेस्सी र डी जोङको छ। जारी सिजनमा दुवैले समान ४-४ पहेंलो कार्ड पाइसकेका छन्। थप १-१ पहेंलो कार्ड पाएको खण्डमा दुवै एक खेल प्रतिवन्दमा पर्नेछन्।

एक-क्लासिको नजिक आइरहेको अवस्थामा मेस्सी-डी जोङले थप एक पहेंलो कार्ड पाएर रियल म्याड्रिडसँगको खेल नगुमाउन भन्ने बार्सिलोनाको चिन्ता छ।

रियल सोसीडाड पश्चता बार्सिलोनाले घरेलु मैदानमा रियल भालाडोलिडको आतिथ्यता गर्नेछ भने त्यसपश्चात एक-क्लासिको छ। रियल सोसीडाडसँगको खेलमा मेस्सी र डी जोङ मध्ये जसले पहेंलो कार्ड पाउनेले भालाडोलिड विरुद्ध खेल्न पाउने छैन। त्यस्तै भालाडोलिड विरुद्ध पहेंलो कार्ड पाएको खण्डमा एक-क्लासिको गुमाउनेछन्।

प्रकाशित : आइतबार, चैत ०८, २०७७१२:३६

लगातार दोस्रो पटक रोनाल्डो सरी-ए का बेस्ट प्लेयर घोषित !