म रियलको प्रशिक्षक हुँदा म्याड्रिडका खेलाडी मेस्सीको नामले नै डराउँथे: कार्लो एन्सिलोटी

एभर्टनका मुख्य प्रशिक्षक कार्लो एन्सिलोटीले गयराती म्यानचेस्टर सिटीसँगको भिडन्त अघि प्रेस सम्मेलनमा लियोनल मेस्सीको बारेमा बोलेका छन्। उनले सिटी विरुद्धको खेल अघि आफूले रियल म्याड्रिडमा हुँदा जे भन्ने गर्थे त्यहि भनेको खुलासा गरेका छन्, जुन कुरा हो विपक्षी टोलीको बेस्ट खेलाडीको बारेमा कुरा नै नगर्ने।

एन्सिलोटीले आफू रियलको प्रशिक्षक हुँदा बार्सिलोना विरुद्ध खेल्दा आफूले मेस्सीको बारेमा कुनै कुरा नै नगर्ने गरेको बताएका छन्। यसको कारण हो आफ्ना खेलाडी मेस्सीको नामले नै डराउँछन् भनेर। हिजोको खेल अघि एभर्टनका खेलाडीले तयारी गर्दा पनि उनले यहि उपाय अपनाएको बताए।

“जब हामी धेरै समय म्याड्रिडमा मेस्सीको विरुद्ध खेलेका थियौं – जो एक सर्वश्रेष्ठ विपक्षी थिए – मेस्सीको बारेमा खेलाडीहरूसँग कुरा नै गर्दिन थिएँ,” उनले भने, “उनीहरु डराउन सक्छन्। यस्तै हामीले सिटीको बारेमा पनि धेरै कुरा गर्दैनौं, किनकि सिटी अहिलेको समयमा सबैभन्दा उत्कृष्ट टोली हो।”

गयराती भएको खेलमा एभर्टन सिटीसँग आफ्नै मैदानमा २-० ले पराजित हुँदै एफए कपको क्वाटर-फाइनलबाट नै बाहिरियो। सिटीको जीतमा इल्काई गोन्डोवान र केभिन डी ब्रुएनले गोल गरे।

प्रकाशित : आइतबार, चैत ०८, २०७७१७:५९

पछिल्लो दशकका उत्कृष्ट १० युरोपियन क्लब सार्वजनिक, बार्सिलोना नम्बर १, लिभरपुल परेन !