महिलाको स्वास्थ्यको लागि सबैभन्दा ठूला खतरा हुन् यी ७ रोग, थाहा पाइराख्नुस् !

महिलासँग सम्बन्धित यस्तै धेरै चीज छन्, जुन महिला आफैंले लामो समयदेखि वेवास्ता गर्दै आएका छन्। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार महिलामा धेरैजसो चिन्ताका विषय स्वास्थ्यसँग सम्बन्धित छ र यसमा उनीहरु निकै सचेत हुनु आवश्यक छ। जान्नुहोस् महिलाहरुले स्वास्थ्यसँग सम्बन्धित के-कस्ता चीजहरूलाई निकै गम्भीरताका साथ लिन जरूरी छ…..

क्यान्सर 

महिलाहरुमा हुने सबैभन्दा सामान्य दुई क्यान्सर हुन्: स्तन क्यान्सर र सर्वाइकल क्यान्सर। यी रोग सुरुको स्टेजमा नै पत्ता लाग्यो भने यसबाट बच्न सजिलो हुन्छ। डब्ल्यूएचओको तथ्यांक अनुसार हरेक वर्ष गर्भाशय र स्तनको क्यान्सरबाट करोडौं महिलाहरुले ज्यान गुमाउने गर्छन्। खास गरी कम र मध्यम आय हुने देशहरूमा यसको सङ्ख्या उच्च छ।

प्रजनन स्वास्थ्य 

एक तथ्यांक अनुसार १५ देखि ४४ वर्ष उमेर बीचका एक तिहाई महिला प्रजनन स्वास्थ्यसँग सम्बन्धित समस्याहरूले चिन्तित छन्। असुरक्षित यौ-न सम्बन्ध यसको लागि मुख्य कारण रहेको बताइन्छ। यो संख्या विकासोन्मुख देशहरूमा बढी छ। त्यसकारण, प्रत्येक महिलालाई गर्भनिरोधक सेवाहरू प्रदान गर्न आवश्यक छ।

मातृ स्वास्थ्य 

पछिल्ला केही वर्षमा गर्भावस्था र मातृ स्वास्थ्यको बारेमा मानिसहरु बीच जन चेतना बढेको पाइन्छ। तर अझै पनि यस्ता थुप्रै ठाउँ छन् जहाँ यसको कमी छ र यसको कारण हजारौं महिलाले ज्यान गुमाउनु परेको छ। परिवार नियोजन र आधारभूत सेवाहरू प्रदान गरेर यस्ता समस्याको निदान गर्न सकिन्छ।

एड्स 

तीन दशकदेखि महिलाहरू एचआईभी संक्रमणको सिकार भइरहेका छन्। आज पनि धेरै महिलाले आफूलाई एचआईभीको यौ-न प्रसारणबाट जोगाउन प्रयास गर्छन्। यस कारणले गर्दा महिलाहरू क्षयरोगको चपेटामा आउने सम्भावना उच्च हुन्छ। कम आय भएका देशहरुमा २० देखि ५९ वर्षसम्मका अधिकतम महिला यसैका कारणले ज्यान गुमाउने गर्छन्।

यौ’न संक्रमित संक्रमणहरू 

एचआईभी बाहेक गोनोरिया, क्लेमाइडिया र सिफिलिस जस्ता रोगका बारेमा महिलाहरुलाई सचेत गराउन र यसको रोकथाम गर्न आवश्यक छ। सिफलिस जस्ता रोगको उपचार नहुँदा प्रत्येक वर्ष २ लाख भन्दा धेरै बच्चाले आमाकै गर्भमा ज्यान गुमाउँछन्।

मानसिक स्वास्थ्य 

रोगहरू बाहेक महिलाहरू विरुद्ध हुने हिं-साले उनीहरूको मानसिक स्वास्थ्यमा ठूलो नराम्रो प्रभाव पार्ने गर्छ। आज पनि कतिपय महिलाहरू शारीरिक र यौ-न हिं-साको शिकार हुने गरेका छन्। यसको प्रभाव तिनीहरूमा लामो समयसम्म शारीरिक र मानसिक रूपमा रहन्छ।

डिप्रेसन 

तथ्यांक अनुसार पुरुषको तुलनामा महिलाहरू चिन्ता, उदासिनता र केहि शारिरिक समस्याहरूको बढी जोखिममा छन्। डिप्रेसन सबैभन्दा साधारण मानसिक समस्याहरू मध्ये एक हो। ६० वर्ष भन्दा कम उमेरका धेरै महिलाहरूले डिप्रेसनको कारण आ-त्म-ह’त्या जस्ता कदम पनि चाल्न सक्छन्। महिलाहरु शारीरिकका साथै मानिसक स्वास्थ्यको बारेमा पनि सचेत हुन आवश्यक छ।

प्रकाशित : आइतबार, चैत ०८, २०७७१८:०४

शाकाहारीले खानुहोस् यी ५ चीज, माछा-मासुमा भन्दा धेरै प्रोटीन मिल्नेछ !