हालाण्ड भर्सेस एम्बाप्पे: स्वारेजको नजरमा को उत्कृष्ट ? यसो भने …

एजेन्सी – एट्लेटिको म्याड्रिडका उरुग्वेली फरवार्ड लुइस स्वारेजले बोरुसिया डार्टमण्डका नर्वेली फरवार्ड एर्लिङ हालाण्डको खुलेर प्रशंसा गरेका छन् ।

एक स्पेनिस मिडियालाई अन्तर्वार्ता दिनेक्रममा स्वारेजले हालाण्डको प्रशंसा गरेका हुन्। स्वारेजले हालाण्ड विश्वकै उत्कृष्ट नम्बर ९ मध्ये एक रहेको बताए।

पेरिस सेन्ट जर्मेन(पिएसजी)का किलियन एम्बाप्पे उच्च स्तरमा रहेपनि आफू हालाण्डको पक्षमा रहेको स्वारेजको भनाई छ। स्वारेजका अनुसार हालाण्ड एक युगको परिभाषा बन्न सक्छन्। स्वारेजले हालाण्डको शारीरिक क्षमताको खुलेरै प्रशंसा गरे।

“उनी विश्वमा सबै भन्दा राम्रा नम्बर ९ मध्ये एक हुन् र उनी एक युगकै परिभाषा बन्न सक्छन्।”,स्वारेजले भने,”म अलि बढी हालाण्डको पक्षमा छु। तर एम्बाप्पेको स्तर पनि कम छैन, उनी उच्च स्तरका खेलाडी हुन्।”

त्यस्तै स्वारेजले बार्सिलोनाबाट बहिर्गमन पश्चात लालिगाकै क्लबमा जान पाउँदा धेरै सहज भएको पनि बताएका छन्। लालिगासँग आफू परिचित रहेको र एट्लेटिकोमा जाँदा आफूले धेरै असहज महसुस गर्न नपरेको उनले बताए। एट्लेटिकोका खेलाडीहरुसँग पहिला पनि खेलेका कारण त्यहाँ खासै असहज महसुस गर्न नपरेको उनको भनाई छ।

“मलाई लाग्छ उही लिगमा टोली परिवर्तन गर्न पाउनु मेरो भाग्य हो। मैले चिनेकै रेफ्री र खेलाडीहरुको आसपास खेल्न पाउँदा मैले खासै परिवर्तन हुन परेन।”,स्वारेजले भने।

प्रकाशित : मङ्गलबार, चैत १०, २०७७१२:३३

एट्लेटिको गएपनि कम भएको छैन स्वारेज-मेस्सी बीचको मित्रता !