बलिउडमा आफ्नो फिटनेसको कारण चर्चित अभिनेत्री दिशा पटानीले आफुलाई मनपर्ने वर्कआउटको भिडियो साझा गरेकी छन्। दिशाले इंस्टाग्राममा एक भिडियो पोस्ट गरेकी छन, जसमा उनले ७० किलो वजनमा स्क्वाट्स र ३० किलो वजनले हिप थ्रस्ट, हैमस्ट्रिंग कर्ल्स र केटलबेलसँग डेडलिफ्ट्स गरेकी छन्। दिशाको बहिनी खुस्बुले यस पोस्टमा कमेन्ट गर्दै लेखेकी छन्,’निकै राम्रो, बर्निग सेंसेशन।”
दिशा र बलिउड अभिनेता टाइगर श्राफको प्रेमसम्बन्धको चर्चा चलिरहदा टाइगरकी आमाले कमेन्ट गर्दै लेखेकी छिन्, “वाह दीशू।” साथै फिल्मको कुरा गर्दा दिशा ‘राधे’ मा सलमान खानसँग काम गर्दैछिन्। उनी ‘एक भिलेन’ र ‘केटिना’ मा देखिनेछिन्। दिशा पटानीको यस वर्कआउट भिडियोमा टाइगर श्राफको आमा प्रभावित भएर कमेन्ट गरेकी छन्।
दिशा पटानीको बहिनी र अभिनेत्री ऐली अवरामले यस भिडियोलाई देखेर दिशाको तारिफ गरेका छन्। दिशाको आगामी रिलीज हुने फिल्म सलमान खान-स्टारर ‘राधे’ फिल्म हो । सलमान र दिशाले योभन्दा पहिला फिल्म ‘भारत’ मा संगै काम गरेका थिए।