न्यायका देवता शनिदेव अहिलेको समयमा मकर राशिमा विराजमान छन्। वर्तमान समयमा तीन राशिमा शनिको साढे साती र दुई राशिमा शनिको ढैय्या चलिरहेको छ: धनु, मकर र कुम्भ राशिमा साढे साती, त्यस्तै, मिथुन र तुला राशिमा ढैय्या। शनिको साढे साती चलेको समयमा मानिसमा दुबै प्रकारको प्रभाव देख्न सकिन्छ। कुण्डलीमा शनि यदि शुभ भावमा आएर बसेको छ भने यसले मानिसलाई मालामाल गराउँछ भने यदि अशुभ भावमा छ भने जीवनमा विभिन्न समस्याको कारक बन्न सक्छ।

कुनै पनि व्यक्तिको जीवनमा एक न एक पटक शनिजो साढे साती दशा पक्कै आउँछ। शनि सबै ग्रहहरु मध्ये सबैभन्दा ढिला चाल चल्ने ग्रह हो। शनि एक राशिमा करिब साढे दुई वर्षसम्म रहन्छ। यस प्रकार कुनै एक राशिमा रहेपछि शनि फेरी त्यहि राशिमा आउन ३० वर्ष लाग्छ। शनिदेवलाई न्यायको देव मानिन्छ। यसले मानिसलाई उनीहरुको कर्मको आधारममा अ अफल दिन्छ। यदि तपाईंको कुण्डलीमा शनिको अवस्था खराब छ भने पनि त्यहि डराउनु पर्दैन। शनिदेवलाई प्रशन्न पार्न विशेष उपायहरू गर्नुपर्छ।

ज्योतिषमा शनिदेवलाई प्रसन्न पार्ने धेरै तरिकाहरू छन्। शनि देवलाई आकको फूल धेरै मनपर्छ। शनिदेवलाई प्रशन्न पार्नको लागि तोरीको तेलको साथमा आकको फूल अर्पण गरेर उनको आशीर्वाद लिनुपर्छ। शनिबार साबुत दाल र तिल दान गर्दा शनि दोषबाट छुटकारा पाउन सकिन्छ।

त्यस्तै, शनिदेवलाई प्रसन्न पार्न हनुमान जी र भगवान शंकरको पूजा गर्नुपर्छ। जसले नियमित रूपमा भगवान शंकर र हनुमान जीको पूजा आराधना गर्छ उनीहरु माथि कहिले पनि शनिको कुदृष्टि पर्दैन।

