होलीको दिन आफ्नो राशि अनुसार गर्नुहोस् यस्ता उपाय, सबै समस्या हुनेछ दूर !

हरेक वर्ष फागुन पूर्णिमाको दिन होलिका दहन गरिन्छ। यसदिनलाई होली पनि भनिन्छ। यो वर्ष चैत्र ३  गते होली परेको छ। धार्मिक दृष्टिले यो दिन अत्यन्त शुभ मानिन्छ। होलिका दहनले भलाइको विजयलाई दर्शाउँछ भने भक्त प्रहलाद बचेको खुशीमा होलीलाई रंगमा मनाउने परम्परा रहेको छ। ज्योतिष अनुसार यस दिन केहि विशेष उपायहरु गरेर तपाईं जीवनका विभिन्न समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ। होलीको दिन तपाईं आफ्नो राशि अनुसार विभिन्न उपाय गर्न सक्नुहुन्छ।

मेष राशि 

यस राशिका मानिसले एउटा जटा भएको नरिवल लेराउनु पर्छ र त्यसमा आफ्नो समस्या सम्झेर काँचो धागो बेर्नुपर्छ। अब यसलाई तपाईंको घरको मन्दिरमा राख्नुहोस्। त्यसपछि, कुमकुम, अक्षता तथा बताशेको प्रयोग गरेर पूजा गर्नुहोस्। होलिका दहनको दिनमा होलीको आगोमा यस नरिवललाई चढाइदिनुहोस्। यसो गर्नाले तपाईंको स्वास्थ्य सम्बन्धि तथा अन्य समस्या दूर हुनेछ।

वृष राशि 

यस राशिका मानिसले होलीमा एक गुलाबी कपडामा ११ पूजा सुपारी र ५ कौडा बाध्नुहोस्। यस बन्डलमा चन्दनको इत्र लगाउनुहोस्। यस पछि, यसले आफूलाई ७ पटक हिर्काएर होलिकाको आगोमा समर्पण गर्नुहोस्। यसले तपाईंको रोजगार सम्बन्धि सबै समास्या हटाउँछ।

मिथुन राशि 

यस राशिका व्यक्तिहरूले होलीको दिनमा भगवान गणेशको अगाडि शुद्ध घिउमा बत्ती बाल्नुहोस् र गणेश समक्ष २७ माखन राख्नुहोस्। त्यसपछि, गणेश र चन्द्र देवको पूजा गर्नुहोस्। अब माखनलाई आफ्नो समस्याहरु सम्झँदै होलिकाको अग्नीमा चढाउनुहोस्। यसो गर्नाले तपाईंको रोजगार सम्बन्धि सबै समस्या दूर हुनेछ।

कर्कट राशि 

कर्कट राशिका मानिसले होलीको दिन गहुँ र चामलको पीठोको चौमुखी बत्ति बनाउनुहोस् र यसमा तीलको तेल हालेर घरको मूख्य द्वारमा बाल्नुहोस्। दाम्पत्य जीवन सुखमय बनाउनको लागि जौको २७ दाना लिएर होलिकाको अग्नीमा चढाउनुहोस् र शिवलिंगमा अबीर चढाउनुहोस्।

सिंह राशि 

सिंह राशिका मानिसले एउटा पानको पातमा एक पूजा सुपारी राख्नुहोस्। यसका साथै एक जोडी बताशे र ल्वांग देशी घीमा डुबाउनुहोस् र पानको पातमा राख्नुहोस्। यी सबै सामग्रीहरू आफ्नो माथिबाट सात पटक उतारेर होलीको आगोमा राख्नुहोस्। तपाईंका हरेक समस्याको समाधान हुनेछ।

कन्या राशि 

यस राशिका मानिसले ११ जोडी ल्वांग र ११ दुबोको गाँठो लिनुहोस् र त्यसमा आफ्ना सबै परिवारका सदस्यको हात लगाएर पूजाको स्थानमा राख्नुहोस्। पछि होलिकाको आगोमा यो सामग्री हाल्दिनुहोस्। यसो गर्नाले परिवारका सदस्यमा देखा पर्ने सबै समस्याबाट छुटकारा मिल्नेछ।

तुला राशि 

यस राशिका मानिसले होलीको दिन एक पीपलको पातमा अक्षता, पूजाको जायफल र मिश्री राखेर यसलाई पूरा घरमा घुमाउनुहोस्। त्यसपछि, सबै सामग्री होलीको अग्नीमा आहुती दिनुहोस्। आफ्नो घरको मुख्य द्वारमा रोली वा कुमकुमको साथ ओम लेख्नुहोस्। यसो गर्नाले परिवारमा खुसीको वातावरण रहनेछ।

वृश्चिक राशि 

यस राशिका मानिस होलीको दिन एक पानको पातमा एउटा पूजाको सुपारी राख्नुहोस् र ५ कमलको पातलाई घीउमा डुबाएर राख्नुहोस्। यस पछि हनुमान जीको मन्त्र ‘ॐ हनुमते नमः छु पटक जप गर्नुहोस्। जप पूरा भएपछि यी सबै चीजहरूलाई होलिकाको आगोमा हालिदिनुहोस्। यसो गर्नाले तपाईंमा शनि दोष छ भने पनि छुटकारा मिल्नेछ र व्यापार सम्बन्धि समस्या दूर हुनेछ।

धनु राशि 

धनु राशिका मानिसले होलीको दिन सात रंगका यति-यदि अन्न लिनुहोस् कि सबै गरेर एक मुठ्ठी होस्। जसपछि, सुकेको नरिवल लिनुहोस् र थोरै काटेर त्यसमा सात रंगको अन्न हालेर पूजा गर्ने ठाउँमा राख्नुहोस्। त्यसपछि, नरिवल निधारमा लगाउनुहोस् र यसलाई होलिकाको आगोमा अर्पण गर्नुहोस्। यसले तपाईंको नवग्रह सम्बन्धि समस्याहरू हटाउनेछ।

मकर राशि 

मकर राशिका मानिसले एक पीपलको पात लिएर त्यसमा एक मुठ्ठी कालो तिल राख्नुहोस्। यसलाई घरको पश्चिमतर्फ राख्नुहोस्। साँझको समयमा जब होलिका दहन हुन्छ, यस पातलाई आफ्नो शिरबात सात पटक उतारेर होलीको अग्नीमा आहुति दिनुहोस्। यसले खराब दृष्टि र पारिवारिक जीवनको समस्याहरूलाई हटाउनेछ।

कुम्भ राशि 

कुम्भ राशिका मानिसले आफ्नो उमेर बराबर मासको दाना पानको पातमा राख्नुहोस्। त्यसपछि, उक्त पातलाई होलिकाको अग्नीमा हल्दिनुहोस्। यसो गर्नाले धन सम्पत्ति सम्बन्धि विवादहरूबाट छुटकारा पाउनुहुनेछ।

मीन राशि 

मीन राशिका मानिसले हावन सामग्री, बेसार, सुपारी र कपुर लिएर यी सबै सामग्रीलाई पानको पातमा राख्नुहोस्। त्यसपछि, होलिकाको सात परिक्रमा गरेर सबै सामग्रीलाई होलीको अग्नीमा आहुति दिनुहोस्। यसो गर्नाले तपाईंले हरेक समस्याबाट छुटकारा पाउन सक्नुहुनेछ।

प्रकाशित : मङ्गलबार, चैत १०, २०७७१७:५३

२०७८ सालको पहिलो दिन नै ग्रहचक्रममा हुँदैछ उथलपुथल, राशि अनुसार यस्तो असर !