२०७८ सालको पहिलो दिन नै ग्रहचक्रममा हुँदैछ उथलपुथल, राशि अनुसार यस्तो असर !

एजेन्सी – सेनापति ग्रह मानिने मंगल ग्रहलाई क्रोध-उर्जाको स्वामी मानिन्छ। कुण्डलीमा शुभ स्थितिमा भएको मंगल ग्रहले साहस, पराक्रम र शौर्य बढाउने कार्य गर्छ भने अशुभ स्थितमा रहेको अवस्थामा कलह बढाउने र समस्या पैदा गर्छ।

मंगल ग्रहले गर्ने नियमित राशि परिवर्तनहरुले पनि एक व्यक्तिको जीवनमा प्रभाव पार्ने हुन्छ। राशि परिवर्तन गर्दा कुन राशिको कुन स्थानमा मंगल छ भन्ने कुराले महत्व राक्छ। ज्योतिषशास्त्रीहरु मंगलका हरेक राशि परिवर्तनलाई महत्वपूर्ण रुपमा लिन्छन्।

ज्योतिषशास्त्रीहरुका अनुसार मंगलले नयाँ वर्ष अथवा वैशाख १ गतेका दिन राशि परिवर्तन गर्दैछ। वैशाख १ गते शुरु भएपछि १ बजेर ५५ मिनेट पश्चात मंगल वृष राशिबाट मिथुन राशिमा प्रवेश गर्नेछ।

२०७८ सालको पहिलो दिननै जुर्न लागेको यस संयोगको असर हरेक राशिमा फरक-फरक हुनेछ । कुन राशिमा कस्तो प्रभाव ?

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

राशि परिवर्तन पश्चात मंगल मेष राशिको तृतीय भावमा रहनेछ। यस्तो हुँदा मेष राशि हुनेहरुको पराक्रममा वृद्धि हुनुका साथै केहि नयाँ कार्य गर्ने इच्छाशक्ति बढेर जानेछ। उच्च संकल्प शक्तिले धेरै कार्यहरु सफल बनाउनेछ। साथै विरोधीहरु सहजै पराजित हुँदा बाधा-अड्चन हटेर जानेछन्।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मंगल द्वितीय यानि धन वा वाणीको स्थानमा रहँदा वृष राशि हुनेहरु आर्थिक रुपमा लाभान्वित हुनेछन्। आर्थिक रुपमा रहेका समस्या देखि छुटकारा मिल्नुका साथै धन संचित गर्ने अवसर पनि मिल्नेछ। नयाँ योजना कार्यान्वयन गर्नको लागि समय शुभ हुन सक्छ। यधपी बोलिका कारण बन्न लागेका कार्यहरु बिग्रिने उच्च सम्भावना पनि रहनेछ। बोलिमा नियन्त्रण राखेरै उचित होला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

मंगल ग्रहले गर्ने राशिपरिवर्तनको सबै भन्दा बढी प्रभाव मिथुन राशिलाई नै पर्ने देखिन्छ। स्वभावमा आएको परिवर्तनले परिवार र कार्यस्थालमा कलह बढाउन सक्ला। सकेसम्म यात्रा नगरेकै उचित हुनेछ। बोलि तथा व्यवहारमा नियन्त्रण नहुँदा लज्जित हुनुपर्ने अवस्था आउन सक्ला। सवारी साधारण चलाउँदा पनि सावधानी अपनाउनुपर्ने देखिन्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

मंगलको राशि परिवर्तन कर्कट राशि हुनेहरुका लागि खासै सुखद रहने देखिँदैन। आर्थिक समस्या बढ्न सक्ने हुँदा पहिला देखि नै तयार रहनु उचित होला। कुनै पनि नयाँ कार्यमा लगानी नगरेकै राम्रो हुनेछ। कानुनी रुपमा पनि समस्या आइपर्दा थप समस्या बढ्ला। परिवारमा स्वास्थ्य समस्या देखिँदा मानसिक रुपमा तनाव बढ्न सक्छ। यधपी शिक्षाको क्षेत्रमा पनि राम्रै सफलता मिल्ने देखिन्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

मंगल ग्रहको राशि परिवर्तनले सिंह राशि हुनेहरुलाई सकारात्मक उर्जा दिनेछ। जीवनमा रहेका कष्टहरु क्रमित रुपमा हट्दै जानेछन्, उन्नति तर्फ अग्रसर भैनेछ। आर्थिक रुपमा मात्र नभई कानुनी रुपमा रहेका समस्या देखि पनि छुटकारा मिल्दै जानेछन्। त्यस्तै प्रेम जीवन पनि उत्साहप्रद नै रहने देखिन्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

दशम भावमा हुने मंगलले कन्या राशि हुनेहरुको जीवनमा सुखद परिवर्तन दिलाउनेछ। रोजगारको क्षेत्रमा उल्लेख्य लाभ मिल्नुका साथै पदोन्नतीको पनि योग बन्न सक्ला। रोजगारकै शिलशिलामा यात्रा पनि हुन सक्ने देखिन्छ। प्रतिष्पर्धीहरुलाई पछि पार्दै अघि बढ्न सकिएला। यधपी शत्रुहरु षड्यन्त्रमा जुट्न सक्ने हुँदा केहि संयमता आवश्यक रहन सक्ला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

मंगल ग्रहको राशि परिवर्तन पश्चात तुला राशि हुनेहरुको सामाजिक जीवनमा सकारात्मक परिवर्तन हुनेछन्। सामाजिक रुपमा थपिएका जिम्मेवारीलाई वहन गर्दै आफूलाई प्रमाणित गर्ने अवसर मिल्नेछ। राजनीति गर्नेहरुका लागि पनि मंगलको राशि परिवर्तन सुखद रहनेछ। आयमा वृद्धि हुने भएपनि खर्चमा भने नियन्त्रण नहुँदा समस्या पर्न सक्ला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

मंगलको राशि परिवर्तनले वृश्चिक राशि हुनेहरुको जीवनमा शारीरिक कष्ट बढाउनेछ। स्वास्थ्यमा देखिने समस्याले आर्थिक रुपमा पनि प्रभाव पार्न नसक्ला भन्न सकिन्न। पारिवारिक रुपमा पनि कलह बढ्न सक्ला। व्यवहार मात्र नभई बोलि र क्रोधमा नियन्त्रण अपारिहार्य रहनेछ। यात्रा गर्न पनि समयले साथ दिने देखिँदैन। यधपी धार्मिक अनुष्ठानमा सहभागी हुने अवसर मिल्दा भने केहि राहत भने पक्कै मिल्नेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मंगलको राशि परिवर्तन धनु राशि हुनेहरुका लागि धेरै नै लाभप्रद हुने देखिन्छ। जीवनमा रहेका विभिन्न समस्या देखि छुटकारा दिलाउन मंगलको भूमिका रहनेछ। मानसिक तनाव मात्र नभई शारीरिक रुपमा रहेका समस्या देखि पनि छुटकारा मिल्नेछन्। आर्थिक रुपमा पनि मंगलको राशि परिवर्तन लाभप्रद रहनेछ। त्यस्तै प्रिय व्यक्तिसँग भेटघाट गर्ने मौका पनि मिल्न सक्ला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

मंगलको राशि परिवर्तन पश्चात मकर राशि हुनेहरुलाई कानुनी मामिलाहरूमा सफलता मिल्ने आशा गर्न सकिन्छ। लामो समय देखि रहेका कानुनी झमेलाहरुबाट छुटकारा मिल्दा नयाँ कार्य थालनी गर्ने वातावरणको निर्माण हुनेछ। लामो दूरीको यात्राको सम्भावना पनि देखिन्छ। तर, क्रोधमा नियन्त्रण नहुँदा समस्या बढ्न सक्ने सम्भावना पनि उत्तिकै रहनेछ। खर्चमा पनि नियन्त्रण आवश्यक रहला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मंगलको राशि परिवर्तनले कुम्भ राशि हुनेहरुको प्रेम जीवन तथा पारिवारिक जीवनमा नकारात्मक प्रभाव पार्ने देखिन्छ। साना-साना कुरामा प्रेमिका तथा पारिवारिक सदस्यहरुसँग खटपट हुन सक्ला। सामाजिक जीवनमा पनि मंगलले नकारात्मक असर पार्ने देखिन्छ। रोजगारको क्षेत्रमा भने मंगलले लाभ नै दिलाउला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

मंगलको राशि परिवर्तन मीन राशि हुनेहरुका लागि मिश्रित रहने देखिन्छ। जीवनमा सुख र दुख बराबर मिल्नेछन्। व्यवसाय तथा कार्यक्षेत्रमा राम्रै सफलता मिलेपनि खर्चमा नियन्त्रण नहुँदा आर्थिक समस्या बढ्न सक्लान्। त्यस्तै क्रोधमा नियन्त्रण आवश्यक रहनेछ। साझेदारीका गरिएका कार्यले लाभ दिलाउनेछन्। गर-गहना तथा बहुमूल्य सामान जोड्ने अवसर मिल्न सक्ला।

प्रकाशित : बुधबार, चैत ११, २०७७१२:३२

हातको औँलाअनुसार थाहापाउनुस महिलाको स्वभाव, छोटो-पातलो औँला हुने निकै रिसालु!