पछिल्लो खेलमा रियल सोसीड्याड विरुद्धको खेलमा मेस्सीले गरेको २ गोलको मतलब अब मेस्सीले आफ्नो खेल जीवनमा रोनाल्डोले भन्दा बढी गैर-पेनाल्टी गोल गरेका छन्। आइतबार भएको खेलममा मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले सोसीड्याडलाई उसकै मैदानमा ६-१ ले हराउन सफल भयो।

उक्त खेलमा मेस्सीले दुई गोल गर्न सफल भए र आफ्नो गैर-पेनाल्टी गोलको सङ्ख्या ६३६ पुर्याएका छन् जुन रोनाल्डो(६३५) को भन्दा १ गोल बढी हो। मेस्सीले यो उपलब्धि रोनाल्डोको भन्दा १४४ खेल थोरै खेल्दै हाँसिल गरेका हुन्। क्रिस्टियानो रोनाल्डोले हरेक १३५ मिनेटमा एक गोल गर्दा मेस्सीलाई एक गोल गर्न रोनाल्डोको भन्दा कम ११७ मिनेट लाग्छ।

समग्रमा मेस्सी भन्दा पछि रहेका रोनाल्डो युरोपियन प्रतियोगिता र अन्तराष्ट्रिय स्तरमा भने गैर-पेनाल्टी गोलको मामलामा मेस्सी भन्दा अगाडी छन्। मेस्सी र रोनाल्डोले आफूले खेलेको हरेक प्रतियोगितामा निकै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् र अगन्य गोल गरेका छन्।

सिजनको सुरुवात राम्रो नभएता पनि २०२१ मा बार्सिलोनाका कप्तान लियोनल मेस्सी निकै उत्कृष्ट लयमा रहेका छन्। यो वर्ष उनले १२ खेल खल्दै १५ गोल गरिसकेका छन् भने थप ७ गोलमा असिस्ट पनि प्रदान गरेका छन्।

