म्यानचेस्टरमा फ्री-किक विशेषज्ञ मानिने रोनाल्डोको युभेमा हाँसो लाग्दो तथ्यांक, ७२ प्रयासमा १ गोल !

क्रिस्टियानो रोनाल्डोको युभेन्टसका लागि गरेको फ्रि-किक तथ्यांक बाहिर आएको छ। तथ्यांक अनुसार पोर्चुगिज दिग्गज रोनाल्डोले इटालियन च्याम्पियनको लागि ७२ पटक प्रयास गर्दा मात्र १ पटक गोल गर्न सफल भएका छन्।

 

३६ वर्षीय पूर्व रियल म्याड्रिड फरवार्डले स्पेनबाट इटाली गएपछि पनि आफ्नो खेल स्तरमा कुनै पनि कमी आउन दिएका छैनन्। ओल्ड लेडीका लागि रोनाल्डोले १२१ खेलमा ९२ गोल गरिसकेका छन्। यस सिजन रोनाल्डोले युभेका लागि सबै प्रतियोगितामा ३४ खेल खेल्दै ३० गोल गरिसकेका छन्।

तर ५ पटकका ब्यालुन डी ओर विजेता फ्री-किकको मामलामा भने युभेन्टसमा निकै फितलो साबित हुँदै आएका छन्। इटालियन अखबार ला रिपब्लिकाका अनुसार रोनाल्डोले युभेन्टसका लागि ७२ पटक प्रयास गर्दा जम्मा १ गोल मात्र गर्न सफल भएका छन्। पोर्चुगिज कप्तानले युभेक लागि पहिलो र एक मात्र फ्री-किक गोल क्लबमा अनुबन्ध भएको २ वर्षपछि मात्र गरेका थिए। उकते फ्री-किक गोल उनले टोरिनो माथिको ४-१ को जीतमा गरेका थिए।

गत केहि वर्षमा फ्री-किक गोलका लागि संघर्ष गरिरहेका रोनाल्डोलाई म्यानचेस्टरमा हुँदा फ्री-किक विशेषज्ञ मानिने गरिन्थ्यो। उनले रियलमा हुँदा पनि फ्री-किकको मामलामा थुप्रै जादुमय क्षण देखाएका थिए।

प्रकाशित : मङ्गलबार, चैत १०, २०७७१७:३४

यी हुन् युरोपका टप ३० आक्रमक खेलाडी, लेवान्डोस्की नम्बर १, रोनाल्डो आसपास पनि छैनन् !