आज निफ्राको शेयर सर्वाधिक कारोबार, कति पुग्यो?

काठमाडौँ, चैत १०। नेपाल इन्फ्रास्ट्रकर बैंक (निफ्रा) ले मंगलबार सर्वाधिक कारोबार गर्ने सूचीको शिर्ष स्थानमा परेको छ। सोमबार कारोबारको आधारमा पाँचौ  स्थानमा परेको निफ्रा मंगलबार लगानीकर्ताको रोजाइमा परेको छ।

निफ्राको ५२ करोड ६० लाख ९४ हजार ५७२ रुपैया बराबरको ९ लाख ७३ हजार ९८१ कित्ता शेयर किनबेच भएको छ । ५ सय २४ रुपैयाँमा कारोबार खुलेको निफ्राको शेयर मूल्य १६ रुपैयाले बढेर ५ सय ४० रुपैयाँमा कारोबार बन्द भएको छ ।

माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु ३२ करोड ८१ लाख ५५ हजार ७७४, नेपाल बङ्गलादेश बैंक रु २८ करोड ७१ लाख छ हजार ३०२, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १५ करोड ५७ लाख १३ हजार ३८४, रसुवागढी हाइड्रोपावर रु १३ करोड ७४ लाख ८० हजार ७४७, साल्ट टे«डिङ कर्पोरेशन रु १२ करोड ५८ लाख ९९ हजार ५४९, निर्धन उत्थान लघुवित्त रु १२ करोड ४४ लाख ८३ हजार ८४८, मेरो माइक्रोफाइनान्स रु ११ करोड ८७ लाख १६ हजार ९११, शिखर इन्स्योरेन्स रु १० करोड ७६ लाख १४ हजार ३३६ र अरुण काबेली पावर रु १० करोड ४६ लाख ८६ हजार ६९७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा आज साल्ट टे«डिङको सेयरमा सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको शेयरधनीले १० प्रतिशतले कमाए । यस्तै, चन्द्रागिरि हिल्स ९.९८, रसुवागढी हाइड्रोपावर ९.९७, कालिका पावर कम्पनी ९.९६, साञ्जेन जलविद्युत् कम्पनी ९.९४, बोमी माइक्रोफाइनान्स ९.९३, माथिल्लो तामाकोशी ९.९२, रैराङ हाइड्रोपावर ९.८९, सूर्योदय लघुवित्त ८.३५ र माहुली सामुदायिक लघुवित्तका लगानीकर्ताले ६.०३ प्रतिशतले कमाए ।

यस्तै, पञ्चकन्या माई हाइड्रोपावर ४.१५, सप्तकोशी डेभलपमेन्ट बैंक ३.६१, हिमालयन पावर पार्टर ३.१३, अरुण भ्याली हाइड्रोपावर २.६९, यूनाइटेड फाइनान्स २.०९, यूनिलिभर नेपाल १.९९, गुहेश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले १.८३ प्रतिशतले गुमाए ।

प्रकाशित : मङ्गलबार, चैत १०, २०७७१९:०४

निफ्राको शेयर होल्डरलाई खुसिको खबर, कति पुग्यो?