होलीको दिन गर्नुहोस् यस्ता उपाय, हटेर जानेछ धन सम्बन्धि सबै समस्या !

यो वर्ष होली पर्व फागुन १५ गते परेको छ। हिन्दू पंचांगका अनुसार फागुन पूर्णिमाको दिन होली मनाइन्छ। होलीको दिन केहि विशेष उपाय गर्नाले धन लाभ प्राप्त हुने विश्वास गरिन्छ। यी उपायहरू निम्नानुसार छन् –

धन लाभको लागि 

होलिका दहनको बखत परिक्रमा लिने बेलामा चना, मटर, गहुँ, आलस अग्नीमा हाल्नुहोस्। यसलाई धन लाभ प्राप्त गर्ने अचूक उपाय मानिन्छ। त्यस्तै, होलीको रातमा पीपलको रूखमुनि घीउमा बत्ती बाल्नुहोस् र पीपलको रूखको सात परिक्रमा गर्नुहोस्। यसो गर्नाले जीवनमा आउने आर्थिक अवरोधहरु दूर हुनेछ।

आर्थिक समस्या हटाउन 

यदि तपाईं आर्थिक समस्याबाट मुक्त हुन चाहनुहुन्छ भने होलिका दहनको रात शिवलिंगमा २१ गोमती चक्र चढाउनुहोस् र बिहान उठेर तिनीहरूलाई आफ्नो लकरमा राख्नुहोस्। यो उपायले तपाईंको वित्तीय समस्याहरूलाई हटाउन सक्छ।

सुख-समृद्धिको लागि 

होलिका दहनको दिन घरको मुख्य मानिसले एक ल्वांग, एक बताशे र एक पान चढाउनुपर्छ। त्यस पछि, होलिकाको तीन पटक परिक्रमा गरेर सुख्खा नरिवल होलिकालाई आहुति दिनुपर्छ। यसो गर्नाले सबै दुख-कष्ट दूर हुनुका साथै घरमा सुख-समृद्धि पनि आउँछ।

आम्दानी वृद्धिको लागि 

होलिका दहनपछि त्यहाँको थोरै खरानी ल्याउनुहोस् र कुनै महत्वपूर्ण कार्य गर्दा त्यसको टीका लगाउनुहोस्। यदि पुरुषले आफ्नो निधार र महिलाले आफ्नो घाँटीमा यसको टीका लगाए, उनीहरु हरेक काममा सफल हुनेछन् र घरको सुख-समृद्धिमा पनि वृद्धि हुनेछ।

माता लक्ष्मीको आशिर्वादको लागि 

होलिका दहनको समयमा तोरीको केहि दाना होलिकालाई अर्पण गर्नुहोस् र माता लक्ष्मीलाई याद गर्नुहोस्। यसो गर्नाले जीवनमा माता लक्ष्मीको कृपा रहन्छ र मानिसले सुख-शान्ति प्राप्त गर्छ।

प्रकाशित : बुधबार, चैत ११, २०७७१९:०१

हरेक दिन हुन्छ निकै अशुभ मानिने राहुकाल, जान्नुहोस् कुन दिन कुन समयमा लाग्छ राहुकाल !