संक्रमणको अवस्था हेरेर लकडाउन !

काठमाण्ड – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउन गर्नुपर्ने अवस्था आउँदैन भन्ने नरहेको जनाएको छ। बुधबार आयोजित नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयले लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने जनाएको हो।

मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले कोरोना भाइरस संक्रमण बढेमा लकडाउन हुन सक्ने बताए। कोरोना संक्रमितको संख्या उच्च हुनगएमा संक्रमणको चक्र रोक्नका लागि लकडाउन गर्नुपर्ने अवस्था आउनसक्ने उनको भनाई छ।

संक्रमणको अवस्था बिग्रिएमा सरकारले जनस्वास्थ्यका मापदण्ड कार्यान्यवनमा कडाइ गर्ने र आवश्यक भएको खण्डमा लकडाउन पनि गर्ने उनले बताए।

उनले भने,”संक्रमणको अवस्था बिग्रिएमा सरकारले जनस्वास्थ्यका मापदण्ड कार्यान्यवनमा कडाइ गर्नेछ। संक्रमति संख्या बढ्दै गए परिस्थितीअनुसार लकडाउनको निर्णय हुनसक्छ ।”

पछिल्लो समय नागरिकस्तरबाट भइरहेको लापरवाहीले कोरोना संक्रमणको जोखिम बढेको पनि उनले बताए। अनावश्यक भिडभाड बढ्नु, मास्क नलगाउनु, सामाजिक दुरी कायम नगर्नु, भेटघाट तथा गोष्ठी बढ्नुले संक्रमण बढ्दो क्रममा देखिएको उनको दावी छ।

घरमै होली पर्व मनाउन आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत १५ र १६ गते मनाइने होली घरमै बसेर मनाउन आग्रह पनि गरेको छ। बैशाख १ गते मनाइने सुदुरपश्चिमको विसु पर्वलाई पनि सतर्कताका साथ मनाउन उनको आग्रह छ।

थपिए १४५ संक्रमित

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय जना भन्दा बढी संक्रमित थपिएका छन् । ३,९६३ पीसीआर परिक्षण गर्दा १४५ जनामा कोरोनाको पुष्टि भएको हो। त्यस्तै पछिल्लो २४ घण्टामा एक जनाको ज्यान गएको पनि मन्त्रालयले जनाएको छ। थप पुष्टि पश्चात नेपालमा संक्रमित संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ।

प्रकाशित : बुधबार, चैत ११, २०७७१८:१८

सिरियलकी यी सुन्दरी देखिइन यति ह-ट अवतारमा,फ्यानले मुस्लिम भन्दै गरे गाली-[तस्विर]