रेखा भनेपछि मरिहत्ते गर्थे अमिताभ, लुकी-लुकी साथीको घरमा भेट्थे !

एजेन्सी – बलिउड महानायक अमिताभ बच्चन र अभिनेत्री रेखा कुनै एक समयमा गहिरो प्रेम सम्बन्ध थिए। यी दुई बीचको सम्बन्ध त्यतिबेला मिडियामा चर्चाको विषय बन्ने गरेको थियो। धेरै अवसरहरुमा साथ-साथ देखा परेपनि दुवैले त्यस समयमा उनीहरु सम्बन्धमा थिए अथवा थिएनन् भन्ने बारे अहिले सम्म पनि केहि बोलेका छैनन्।

बताइएअनुसार, अमिताभ र रेखाको पहिलो भेट ‘दो अन्जाने’ को सेटमा भएको थियो। चलचित्रको शुटिंगकै क्रममा दुई बीच प्रेम सम्बन्ध शुरु भएको थियो। ठूलो पर्दामा रेखा र अमिताभको जोडीलाई दर्शकले पनि मन पराएका थिए। उनीहरुले सँगै काम गरेका सुहाग, मुकद्दर का सिकंदर, राम बलराम जस्ता चलचित्र त्यससमयमा हिट भएका थिए।

साथीको घरमा लुकेर भेट्थे

बताउने गरिन्छ कि, प्रेम सम्बन्धको हल्ला चलेपछि अमिताभ र रेखा लुकेर भेट्थे। सम्बन्ध लुकाउन उनीहरुले अमिताभका एक साथीको घरमा भेट्ने गरेका थिए। यो खबर अमिताभकी पत्नी जया बच्चनलाई पनि थाहा थियो।

अमिताभ रेखासँग सल्किएको थाहा पाएपछि जयाले एक दिन रेखालाई घरमै बोलाइन्। डिनर गरिसकेपश्चात जयाले रेखालाई घर जाने बेलामा भनेको एक वाक्यकै कारण अमिताभबाट रेखा टाढीइन्। जयाले आफू अमिताभलाई कुनै पनि हालतमा भेट्न नसक्ने बताएकी थिइन्। जयाले अमिताभलाई कुनै पनि हालतमा नछाड्ने र अमिताभ आफ्नो हुन नसक्ने देखिएपछि रेखा अमिताभको जीवनबाट हटेकी थिइन्।

प्रकाशित : बिहिबार, चैत १२, २०७७१५:०९

पाँच महिना पछि एक्लै सुत्न पाउँदा सन्नीको उत्साहको सीमा नाघ्यो, यसो गरिन्… [भिडियो सहित]